
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्षको कैद सजाय सुनाएको छ ।


काठमाडौं जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बुधबार बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्षको सजाय फैसला गरेको हो ।

इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश समेत दिएको छ । गत पुस १३ गते बसेको इजलासले लामिछानेलाई दोषी ठहर गरेको थियो । सजाय निर्धारणका लागि बुधबार इजलास बसेको थियो ।









