मुख्य समाचार समाचार

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति भएको दुर्घटनामा ट्याक्टर चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ हंशबारी का २६ वर्षीय शुक्र दमाईँको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका सहचालक पाँचथरको मिक्लाजुङ–७ एकरातेका २१ वर्षीय किरण राईलाई विराटनगर पुर्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *