
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ र ६ मा रहेको सुन्दरपुर खानेपानीको चुनावी सरगमी बढ्दै छ । खानेपानीमा नयाँ नेतृत्वको लागि तीन जनाको समुहले चुनावी प्रतिस्पर्धा गर्दैछन । नेकपा एमालेबाट अरुण सुवेदी, नेपाली काङ्ग्रेसबाट राजेन्द्र राई(राजु) र स्वतन्त्र तर्फबाट प्रकाश सिग्देल चुनावी मैदानमा छन् ।


निर्वाचन नजिकिदै गर्दा उम्मेद्वारहरुले घरदैलो कार्यक्रमलाई अझ बढाईरहेका छन् । घरदैलो कार्यक्रममा मतदाता संग मत माग्ने क्रममा भेटिएका स्वतन्त्र तर्फका अध्यक्षका उम्मेद्वार प्रकाश सिग्देलले मेरो नेतृत्वले चुनाव जिते नि:शुल्क धारा जडान गर्ने प्रतिबद्धता जनाएका छन ।

सिग्देलले सञ्चारकर्मीहरु संग कुरा गर्दै आफ्नो नेतृत्वले चुनाव जिते अति विपन्न परिवारहरुलाई नि:शुल्क धारा जडान गरिदिने बताएका हुन् । उनले मत माग्ने क्रममा घरदैलो कार्यक्रममा हिडिरहदा आफुले थुप्रै नागरिकहरु खानेपानीको पहुँचबाट टाढा रहेको पाएको छु । “म आफुले चुनाव जिते ती नागरिकहरुलाई समेत खानेपानीको पहुँचमा ल्याउने प्रतिबद्धता जनाउछु ।” सिग्देल भन्छन ।
सिग्देलको समुहमा सचिव पदका उम्मेद्वार कमल अधिकारी रहेका छन् । लामो समय राजनितिक दलको दबदबा रहेको खानेपानीमा भ्रष्टचार र आर्थिक अनियमितता धेरै रहेको छ, खानेपानीमा राजनितिक दलको दबदबा हटाउन समेत हाम्रो उम्मेद्बारी रहेको सचिव पदका उम्मेद्वार अधिकारीले बताए ।
सुन्दरपुर खानेपानीको निर्वाचन असोज १५ गते हुदैंछ । जसमा नयाँ नेतृत्वको लागि राजनितिक दल सहित दुई जनाले स्वतन्त्रबाट उम्मेद्बारी दिएका छन् ।









