
सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण गर्न घुम्ती शिविर सुरू गरेको छ । शनिबार वडा नम्बर १ हरैंचामा एक कार्यक्रम गरी घुम्ती शिविर सुरू गरेकाे हाे । शिविर २७ गते शनिबार सम्म सञ्चालन हुने छ । उपप्रमुख अकली चाैधरीकाे अध्यक्षतामा भएको उक्त कार्यक्रम प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले साे शिविरकाे उद्घाटन गरेका छन ।


शिविरमा नयाँ ७ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ । गाउँ समुदाय, विपन्न वस्तिमा रहेका अपाङ्गता भएका व्यक्तिकाे पहिचान गरी राज्यको तर्फबाट सहयाेग गर्न नागरिकलाई सहजताकाे लागि याे शिविर आयाेजना गरिएकाे बताईएकाे छ ।

अन्य वडामा क्रमशः १७ गते २ नम्बर वडाकाे स्वास्थ केन्द्रमा, १८ गते ११ नम्बर वडा कार्यालयमा, १९ गते ९ नम्बरकाे आदर्श चाेकमा, २० गते १२ नम्बर वडा कार्यालयमा, २१ गते १० नम्बरकाे आधारभूत स्वास्थ्य केन्द्रमा, २२ गते ८ नम्बरकाे कार्यालयमा सञ्चालन हुने छ ।
यसैगरी २३ गते ७ नम्बर वडा कार्यालयमा, २४ गते ३ नम्बरकाे लक्ष्मी नारायण मन्दिरमा, २५ गते ६ नम्बर काे आधारभूत स्वास्थ्य केन्द्रमा , २६ गते ५ नम्बर वडाकाे ज्येष्ठ नागरिक भवनमा, २७ गते ४ नम्बर वडा कार्यालयमा शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।









