कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा बालिका बालात्कार आरोपमा एक जना पक्राउ

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० मा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

वडा नं १० बस्ने वर्ष ५५ का पदम मगरलाई बुधबार राती प्रहरीले  पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय विराटचोकबाट सइ (प्रहरी नायव निरीक्षक) नीरबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले बुधबार राति मगरलाई घरबाटै पक्राउ गरेको हो ।

धनकुटा घर भएकी १० वर्षिया ती बालिकाका अभिभावक मगरकै घरमा डेरा बस्दै आएका थिए । अभिभावक(हजुरबुवा-हजुरआमा) सँग आफ्नै घरमा डेरा बस्दै आएकी बालिकालाई मगरले पटकपटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हातमा समातेर तान्दै गर्दा बालिकाकी हजुरआमाले बुधबार दिउँसो देखेपछि घटना बाहिर आएको हो । पीडित बालिकालाई उपचार तथा स्वास्थ्य परीक्षणका लागि धरान लगिएको छ । 

इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ । मगरविरुद्ध जबरजस्ती करणी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *