
सुन्दरहरैंचा । किवानिस क्लव अफ सुन्दरहरैंचाको अध्यक्षमा पार्वति गच्छदार चयन भएकी छिन । आज बसेको बैठकले गच्छदारलाई अध्यक्षमा चयन गरेको हो ।


किवानिस क्लब अफ च्याटर प्रेसिडेन्ट शंकर बंजगाईंले गच्छदारलाई ग्यावल हस्तान्तरण गरेर अध्यक्षमा चयन गरेका हुन । त्यस्तै क्लबको उपाध्यक्ष यादव पौडेल , उपाध्यक्ष हर्कराज राई, लगायत २१ सदस्यीय समिति चयन भएका छन।

बालबालिकाको शिक्षा स्वास्थ्य क्षेत्रमा सर्वाङगिन विकासको लागि काम गर्ने, बालबालिकालाई शारिरीक,बौद्धिक, सामाजिक विकासको लागि कार्ययोजना नै बनाएर अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष गच्छदारले बताइन ।









