दमक । नेकपा (एमाले) झापा जिल्ला कमिटीले आयोजना गरेको जागरण सभामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजावादीको गतिविधिलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन्। दमकमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले राजा फर्काउने अभियानको आलोचना गर्दै व्यङ्ग्यात्मक शैलीमा बोले। “राजा फर्काउने अरे, राजा फर्काएपछि ती प्रधानमन्त्री, मन्त्री बन्ने अरे! तिनीहरूलाई भन्दा त पशुपतिका बाँदरलाई […]
राजनीति
एमाले सुन्दरहरैंचाको अध्यक्षमा डिल्लीप्रसाद ढकाल विजयी
सुन्दरहरैंचा । नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ। कुल २८८ मतदातामध्ये २८६ मत खसेको अधिवेशनमा नयाँ नेतृत्व चयन गरिएको हो। अध्यक्ष पदमा डिल्लीप्रसाद ढकालले १५७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी हेमराज सुवेदीले ११५ मत प्राप्त गरेका थिए। उपाध्यक्ष पदमा दुर्गा भट्टराई १६४ मतसहित विजयी बनिन्। उनका प्रतिस्पर्धी अम्बिका दाहाल […]
मोरङ कांग्रेसको सभापतिमा ललित श्रेष्ठको चर्चा
विराटनगर । नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै जाँदा मोरङ जिल्ला सभापतिको उम्मेदवारीमा चासो र छलफल चुलिएको छ। हाल मोरङ कांग्रेसका सचिव रहेका ललित श्रेष्ठ पार्टी सभापतिको दाबेदारको रूपमा चर्चामा छन्। श्रेष्ठ डा. शेखर कोइरालाका नजिकका नेता मानिन्छन्। यद्यपि, कोइराला समूहभित्र सभापतिका लागि नागेश कोइरालालाई अघि सार्ने तयारी भइरहेको छ। तर श्रेष्ठ भने जसरी भए पनि […]
काङ्ग्रेसमा देउवाको समर्थन कसलाई ? गगन र शेखरको सम्बन्धमा चिसोपन
राज पोखरेल/विराटनगर । नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै गर्दा सभापतिका आकांक्षी नेताहरूको दौडधूप तीव्र बन्दै गएको छ। गगन थापा र डॉ. शेखर कोइराला सभापति पदका लागि अग्रपंक्तिमा देखिँदै गर्दा, सभापति शेरबहादुर देउवाको समर्थन कसले पाउँछ भन्ने चासो पार्टीभित्र र बाहिर चुलिएको छ। १४औं महाधिवेशनमा एउटै समूहबाट अघि बढेका गगन-शेखर बिच अहिले भने दूरी बढ्दै गएको […]
एमाले सुन्दरहरैंचा अधिवेशन: अध्यक्ष पदमा ढकाल र सुवेदीको प्रतिस्पर्धा, सुवेदी पक्षकै नेताहरू ढकालतिर
सुन्दरहरैंचा । नेकपा (एमाले) सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन चैत २८ गतेका लागि तय भएसँगै अध्यक्ष पदका लागि दुई नेताले उम्मेद्वारी घोषणा गरेका छन्। डिल्लिप्रसाद ढकाल र हेमराज सुवेदीले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेसँगै अधिवेशनको माहोल तातिएको छ। विगतमा सुवेदी समूहलाई समर्थन गर्दै आएका नेताहरू नै अहिले डिल्लिप्रसाद ढकालको पक्षमा खुलेर उभिएका छन्। ढकालले उम्मेद्वारी […]





