सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईको घर जेनजी प्रदर्शनकारीहरुले तोडफोड गरेका छन । मंगलबार बिहान देखि सुन्दरहरैंचामा प्रदर्शनकारीहरुले विरोध गरिरहेका छन । मेयर गुरागाईको घरको झ्याल प्रदर्शनकारीहरुले तोडफोड गरेका छन ।
समाचार
जेनजी प्रदर्शन: सुन्दरहरैंचा नगरपालिकाको कार्यलय अगाडि नारा बाजी
सुन्दरहरैंचा । हिजोको जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि आज बिहानैदेखि देश भरका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकाको कार्यालय अगाडि जेनजी प्रदर्शनकारीले नारा बाजि गर्दै प्रदर्शन गरिरहेका छन ।
इटहरीमा पनि सामाजिक सञ्जाल बन्दको विरोध
इटहरी। कोशी प्रदेशको इटहरीमा जेनाजीको समुहले प्रदर्शन गरेको छ। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा उनीहरुले सोमबार देशव्यापी प्रदर्शन गरिरहेका छन् । इटहरी उपमहानगर कार्यालय अगाडि भएको प्रदर्शन उग्र बन्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको छ।
जेनजी प्रदर्शन: प्रहरीको गोली लागेर एक जनाको मृत्यु
काठमाण्डौं। काठमाण्डौंमा जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाईते एकजनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले सञ्चारमाध्यमलाई जानकारी दिए अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन […]
जेनजीको प्रदर्शन : दमकमा गोली चल्यो
दमक। सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजी पुस्ताले दमकमा समेत विरोध प्रदर्शन गरेका छन्। जेन–जी प्रदर्शनका कारण अहिले दमक तनावग्रस्त बनेको छ । आज बिहान ११ बजे दमकस्थित आकाशे पुलबाट सुरु भएको जेन–जी प्रदर्शन दमक नगरपालिका कार्यालय पुगेको थियो । प्रदर्शनकै क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । झापाको विर्तामोड र दमकमा यतिबेला जेनजी प्रदर्शन जारी […]





