लेटाङ । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी शाेक परेको छ । मन्त्री लिम्बुकी धर्मपत्नी गंगामाया लिम्बुको ५८ बर्सको उमेरमा बिहिबार राती निधन भएको हो । लामो समय देखि लिभर क्यान्सरको उपचार गराईरहनुभएकी लिम्बुको घरैमा निधन भएको हो । लिम्बुको पार्थिब शरिर शुक्रबार अन्त्येष्टि गरिने पारिबारिक श्रोतले जानकारी दिएको छ ।
समाचार
बराहक्षेत्रमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । वडा नं ५ स्थित सिमरवन जंगल नजिक हात्तीको आक्रमणबाट बिहिबार स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । जंगलबाट घाँस लिएर आइरहेका उनीमाथि हात्तीले आक्रमण गरेको थियो । विष्टको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले […]
बढ्दै शर्माको राजनितिक भेटघाट
सुन्दरहरैंचा । मोरङ क्षेत्र नं ३ का प्रतिनिधि सभा सांसद सुनिल कुमार शर्मा पौष २१ गते देखि एकाएक कोशी प्रदेशको राजनीतिक भेटघाटमा सक्रिय बनेका छन् । शर्माको पछिल्लो समयको राजनितिक दौडको विषयलाई धेरैले विभिन्न खालका टिकाटिप्पणीहरु गरिरहेका छन । कोशी प्रदेशको विभिन्न पहाडी जिल्लामा शर्माले अफ्नो राजनितिक भेटघाटलाई बाक्लो बनाउदै गएका हुन । शर्माले कोशी […]
बलात्कार मुद्दामा लामिछानेलाई ८ वर्षको कैद सजाय
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्षको कैद सजाय सुनाएको छ । काठमाडौं जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बुधबार बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्षको सजाय फैसला गरेको हो । इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश समेत दिएको छ । गत पुस १३ गते बसेको […]
खोर्साने पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन । पुर्वपश्चिम लोकमार्ग स्थित वडा नं १० मा रहेको खोर्साने पुलमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्र १-०२-०४३ प ६६४८ नं को मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएको प्रहरीले जनाएको छ । आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही वडा बस्ने वर्ष […]





