सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट लागुऔषध सहित चारजनालाई प्रहरील्र पक्राउ गरेको छ । वडा नं ३ बस्ने वर्ष ३० कि सुनिता राईको घरमा लागू औषध बिक्री बितरण भई रहेको भन्ने बिशेष सूचनाको आधारमा लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित राईलाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले राईको […]
समाचार
सुन्दरहरैंचाबाट आर्थिक सहयोगको नाममा ठगी गर्ने पक्राउ
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ८ स्थित पानट्याङकी टोलमा बसोबास गर्ने विपन्न परिवारहरुलाई आर्थिक प्रलोभनमा पारी ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक र काठमाडौ घर बताउने वर्ष २३ कि सुनिता खत्री, बंगलादेशी नागरिक महमद खालिद हुसेन र महमद तानविर हुसेन रहेको प्रहरीले जनाएको छ । मंगलवार दिउँसो […]
सुन्दरहरैंचा उवासंघ: अध्यक्षमा सन्तोष वान्तवाको दाबी
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्र भित्र रहेको सुन्दरहरैंचा उधोग वाणिज्य संघको अध्यक्षमा सन्तोष वान्तवाले दाबी गर्ने भएका छन । संघको ११ औ साधारण सभा चैत ९ र १० गते हुदैंछ । संघले चैत १० गते नयाँ नेतृत्व पाउने सम्भावना छ । अघिल्लो पटक महासचिवमा उम्मेद्बारी दिएका वान्तवाले यस पटक अध्यक्षमा दाबी गर्ने भएका छन […]
महिलाको क्षमता बिनाको अधिकारले उपलब्धी दिदैन: मेयर गुरागाई
सुन्दरहरैंचा । महिलामा क्षमता बिनाको अधिकार दिदा उपलब्धि मुलक नहुने सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले बताएका छन । सुन्दरहरैंचा नगरपालिकाले आयोजना गरेको ११४ औ अन्तरास्ट्रिय महिला दिवसको अवसरमा गुरागाईले सो कुरा बताएका हुन । गुरागाईले अधिकार माग्दै गर्दा महिलाहरुले समेत आफ्नो क्षमता र दायित्वमा ध्यान दिनुपर्ने बताए । मेयर गुरागाईले अधिकारको कुरा गर्दै गर्दा अब […]
अन्तर्राष्ट्रिय नारी दिवस: सुन्दरहरैंचामा श्रमिक महिला सम्मानित
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले ‘महिलामा लगानी सभ्य र सम्मुन्नत समाजको थालनी’ भन्ने नाराका साथ ११४ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । नगरपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार नगरपालिकाको सभाहलमा विभिन्न कार्यक्रम गर्दै मनाएको हो । कार्यक्रममा नगरपालिकाले अन्तर मावी स्तरीय वतृत्वकला प्रतियोगिता तथा श्रमिक महिलाहरुलाई सम्मान कार्यक्रम आयोजना गरेको थियो । वक्तृत्वकला प्रतियोगितामा […]





