सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ मा रहेको पर्यटकीय क्षेत्र हसिना सिमसारमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले अवलोकन गरेका छन् । शुक्रवार सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकालको निमन्त्रणामा मन्त्री मण्डल हसिना सिमसार क्षेत्रमा आएका हुन । अवलोकनका क्रममा हसिना सिमसार व्यवस्थापन समितिका अध्यक्ष घनश्याम न्यौपानेले मन्त्री मण्डललाई सिमसारको […]
समाचार
स्ववियु निर्वाचन: सुकुनामा १८४८ मत खस्यो
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा ५०% मत खसेको छ । मंगलबार भएको स्ववियु निर्वाचनमा एक हजार आठ सय अठचालीस जना विधार्थीहरुले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । सुकुना बहुमुखी क्याम्पसमा तीन हजार छ सय बियासी जना विधार्थीहरु रहेका थिए । जस मध्ये ५०% मत खसेको निर्वाचन समितिले जनाएको […]
नेविसंघ सुकुनाले शुरु गर्यो घरदैलो कार्यक्रम
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मंगलबार विद्यार्थी संगठनहरुले उम्मेद्बारी दर्ता गरेका छन् । विद्यार्थी संगठनले उम्मेद्बारी दर्ता गराए सँगै विद्यार्थीहरू सँग भोट माग्न घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । बुधबार देखि नेपाल विद्यार्थी संघ सुकुनाले घरदैलो कार्यक्रम शुरु गरेको छ । स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघको तर्फबाट […]
नेवि संघ सुकुनाद्वारा पुरस्कार वितरण सम्पन्न
सुन्दरहरैंचा । नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पसले पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सोमबार क्याम्पसको सभाहलमा संघले केही दिन अघि आयोजना गरेको गजल प्रतियोगिता तथा शिक्षा सेवा आयोगमा नाम निकाल्न सफल विद्यार्थी हरुलाई पुरस्कार तथा सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस कोशी प्रदेश सदस्य शिवप्रसाद ढकालले सुकुनामा […]
हरैंचा मोडलको २२ औँ वार्षिकोत्सव सम्पन्न
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ मा रहेको हरैंचा मोडल इङ्ग्लिस सेकेण्डरी स्कुलको २२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम साथै वर्ष भरी विभिन्न विधामा उत्कृष्ट हुने विधार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । प्रमुख अतिथि सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले हरैंचा […]





