कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा हालसम्म ५% रोपाइँ

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा हालसम्म ५% मात्र धान रोपाइँ भएको छ । सुन्दरहरैंचा नगरपालिकाको कृषि शाखाका अनुसार सुन्दरहरैंचामा धान रोपाइँको काम भर्खर शुरु भएको हो । सुन्दरहरैंचामा तीन हजार चार सय हेक्टर जमिनमा धान रोपिन्छ । गत वर्ष भने तीन हजार हेक्टर जमिनमा मात्र धान रोपिएको नगर कृषि शाखाले जनाएको छ । नगरको सबै […]

कोशी प्रदेश विजनेश

सुन्दरहरैंचामा “स्थानीय बैक सँग निजी क्षेत्र” अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा “स्थानीय बैक सँग निजी क्षेत्र” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा विराटचौक स्थित सार्वजनिक शौचालयको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा निजी क्षेत्रको समस्यामा बैकहरूको भूमिकाको विषयमा छलफल भएको थियो । कार्यक्रममा सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले निजी क्षेत्रले […]

कोशी प्रदेश मुख्य समाचार

केराबारीमा विद्यालय हिँडेका बालकलाई खोलाले बगायो

केराबारी ।  माेरङकाे केराबारी गाउँपालिकामा विद्यालय जाँदै गरेका एक जना बालकलाई खोलाले बगाएको छ । बालकलाई खोलाले बगाउँदा उनको ज्यान गएकाे छ । वडा नं ४ याङ्सिलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको हो । उनी कक्षा ६ मा अध्ययनरत थिए ।

कोशी प्रदेश मुख्य समाचार

बुढिखोलामा महिलाको शव फेला

इटहरी । सोमबार रातिदेखी आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ। बुढिखोलामा बाढीले बगाएको दाउरा संकलन गर्ने क्रममा अन्य दुईजना बेपत्ता भएका छन् भने दुई जनाकाे उद्धार गरिएकाे छ । बढीले बगाएर मृत्यु भएकी महिलाको पहिचान भने खुलेको छैन। बेपत्ता भएकाहरुको खोजी गर्न प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश

चट्याङ लागेर झापामा एकजनाको मृत्यु

झापा ।   झापाको कमल गाउँपालिका २ समईगढमा आज चट्याङ लागेर एकजनाकाृ मृत्यु भएको छ।  खेतमा ट्याक्टरले जोत्ने क्रममा खेतमा उभिइ रहेको अवस्थामा चट्याङले लागेर स्थानीय ४६ वर्षीय राजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।  खड्कालाई बिहान ७ बजे चट्याङले लागेर घाइते भएका थिए। उनलाई उपचारका लागि आम्दा अस्पताल दमक पुर्‍याएपछि चिकित्सकले […]