कोशी प्रदेश मुख्य समाचार राजनीति

एमाले सुन्दरहरैंचाको अध्यक्षमा डिल्ली ढकालको चर्चा

सुन्दरहरैंचा । नेकपा एमालेको सुन्दरहरैंचा नगर अध्यक्ष को बन्ने विषयमा अहिले एमाले भित्र गहन छलफल भइरहेको छ । नेकपा एमाले सुन्दरहरैंचाको  दोस्रो नगर अधिवेशन नजिकिँदै गर्दा नेतृत्व चयनको दौड तीव्र बनेको छ । चैत्र २८ गते एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन हुँदैछ । दोस्रो नगर अधिवेशनबाट नगर अध्यक्ष बन्ने दौडमा डिल्लीप्रसाद ढकालको चर्चा छ । […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा स्कार्पियो र बोलेरो दुर्घटना

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा स्कार्पियो र बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । वडा नं ४ स्थित गौरी टोल जाने बाटो नजिकै पूर्व-पश्चिम लोकमार्गमा स्कार्पियो र बोलेरो एक आपसमा ठोक्किएको हो । दुर्घटना बारे थप विवरण आउन बाकीं छ । 

कोशी प्रदेश मुख्य समाचार

बेलबारी नगरपालिकाले खरिद गर्‍यो नगर बस

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले नगर बस सञ्चालन गर्ने भएको छ । नगरले बेलबारीको रुटमा नगर बस सञ्चालन गर्नका लागि एक करोड तेत्तीस लाखको बिद्युतिय नगर बस खरिद गरेको हो । नगरप्रमुख दिलप्रसाद राईले निर्वाचित हुँदै गर्दा नगर बस सञ्चालन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । निर्वाचित भएको झन्डै ३ वर्ष पुग्दा उनले आफ्नो […]

कोशी प्रदेश मुख्य समाचार

बेलबारी क्याम्पसमा अखिल क्रान्तिकारीका विष्ट अगाडि

बेलबारी । बेलबारी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अध्यक्ष पदमा अखिल क्रान्तिकारीका कपिल विष्ट २५ मतले अगाडि छन । २०० मत गन्दा अनेरास्ववियुका प्रशान्त पोखरेलले ८४ मत ल्याउदा विष्टले १०९ मत ल्याएका छन । त्यस्तै सचिवमा अनेरास्ववियुका अर्जुन कोइरालाले १०४ मत ल्याउदा अखिल क्रान्तिकारीका दिपेन्द्र राईले ८८ मत ल्याएका छन । त्यस्तै कोषाध्यक्षमा अनेरास्ववियुका शंकर थापले […]

कोशी प्रदेश मुख्य समाचार

सांसद सुनिल शर्माले बनाए सम्पर्क कार्यालय

पथरी । प्रतिनिधि सभा सांसद सुनिल कुमार शर्मा र कोशी प्रदेश सांसद मानबहादुर लिम्बुले आफ्नो सम्पर्क कार्यालयको स्थापना गरेका छन् । शनिवार शर्मा र लिम्बुले संयुक्त रूपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन । मोरङ क्षेत्र नं ३ ‘क’ पथरी स्थित बुद्ध चौकमा शर्मा र लिम्बुले आफ्नो सम्पर्क कार्यालय बनाएका हुन । जनताको गुनासो सङ्कलन गरी […]