कोशी प्रदेश मनोरञ्जन मुख्य समाचार

सुन्दरहरैंचा विराट एक्स्पोमा नि:शुल्क प्रवेशको व्यवस्था

सुन्दरहरैंचा । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा माघ ३० गतेदेखि जारी सुन्दरहरैंचा विराट एक्स्पो ४ मा आयोजकले आज देखि निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । एक्स्पोमा आज देखि दिउँसो ३ बजे सम्मका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको हो । एक्स्पोमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएपछी एक्स्पो अवलोकनकर्ताहरुको उल्लेखनिय भिड हुन थालेको छ । हिजो साँझ बसेको […]

कोशी प्रदेश मुख्य समाचार विजनेश

सुन्दरहरैंचा विराट एक्स्पोमा गाईको गोबरबाट निर्मित सामाग्री

सुन्दरहरैंचा । माघ ३० गतेदेखि शुरु भएको सुन्दरहरैंचा विराट एक्स्पो ४ मा गाईको गोबर र गहुँतबाट निर्मित सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ । स्टल नम्बर ७५ मा उन्नत गोठ प्रालि विराटनगरमा गोबरबाट निर्मित दियो, माला, श्रीयन्त्र, लक्ष्मीका पाउ, जलपात्र, अगरबत्ती, गमलाका साथै लिपपोतका लागि सहज होस् भनेर धुलो गोबर पनि बिक्रीका लागि राखिएको […]

मनोरञ्जन मुख्य समाचार

सुन्दरहरैंचा विराट एक्स्पो-४: आज मिस्टर डि को प्रस्तुति रहने

सुन्दरहरैंचा । माघ ३० गते देखि शुरु भएको सुन्दरहरैंचा विराट एक्स्पो-४ मा आज शुक्रबार चौथो दिन पप गायक मिस्टर डिको प्रस्तुति रहने भएको छ । फागुन १० गते सम्म आयोजना हुने उक्त एक्स्पोमा रात्रीकालिन सांस्कृतिक कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । एक्स्पोमा दिउँसो स्थानिय कलाकारहरूको प्रस्तुति रहने छ भने विभिन्न संघसंस्थाले एक्स्पो स्थल […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचा नगरपालिकाले गर्यो जग्गा वर्गिकरणको विवरण सार्वजनिक

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले जग्गा वर्गिकरणको विवरण सार्वजनिक गरेको छ । भुउपयोग सम्बन्धी ऎन २०७६ र भुउपयोग नियमावली २०७९ बमोजिम जग्गा वर्गीकरणको विवरण नगरपालिकाले सार्वजनिक गरेको हो । जग्गाको वर्गीकरण विवरण नगरपालिकाको वेवसाइट www.sundaraharaichamun.gov.np बाट हेर्न सकिने नगरपालिकाले जनाएको छ । नगरपालिकाको वेवसाइट हेरी आफ्नो जग्गाको वर्गीकरण परिवर्तन गर्न इच्छुक व्यक्तिले १५ दिन भित्र […]

मुख्य समाचार शिक्षा

सुन्दरहरैंचा विराट एक्स्पो: विधार्थीलाई ज्योतिष सम्बन्धि प्रशिक्षण दिदै

सुन्दरहरैंचा ।  नेपाल ज्योतिष परिषद् कोशी प्रदेशले मङ्गलबार सुन्दरहरैंचाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ज्योतिषसम्बन्धी आधारभूत प्रशिक्षण दिएको छ । परिषद्को दोस्रो बोर्ड बैठक तथा प्रशिक्षण कार्यक्रम आज सुन्दरहरैंचाको औद्योगिक प्रदर्शनी स्थलमा सम्पन्न भएको हो । सिद्धार्थ सेकेण्डरी स्कुल र ब्राइट फ्युचर सेकेण्डरी स्कुलका १ सय जना विद्यार्थीलाई परिषद्को कोशी प्रदेश अध्यक्ष बाबुराम निरौला तथा निवर्तमान कोशी […]