सुन्दरहरैंचा । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा अब कुनै पनि बहानामा बन्द नहुने सुनिश्चित गर्न सुन्दरहरैंचाका प्रमुख राजनीतिक दलहरू सहमत भएका छन्। विश्वविद्यालयलाई बन्द निषेधित क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाउँदै, आज सर्वदलीय प्रतिबद्धता सहितको १० बुँदे सुझाव तथा ज्ञापनपत्र विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियालाई बुझाइएको छ। ज्ञापनपत्र बुझाउने क्रममा प्रतिनिधिहरूले विश्वविद्यालयको दीर्घकालीन सुधार र शैक्षिक […]
मुख्य समाचार
शिक्षक आन्दोलन: विद्यार्थीको भविष्य अन्यौलमा
सुन्दरहरैंचा । शिक्षक आन्दोलनका कारण देशभरका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको भविष्य अन्यौलमा परेको छ। आगामी बोर्ड परीक्षा नजिकिँदै गर्दा पनि शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकबीच सहमति हुन नसक्दा विद्यार्थीहरू मानसिक तनावमा छन्। सरकारले परीक्षा सञ्चालनको तयारीका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिएको भए पनि आन्दोलनरत शिक्षकहरू अझै शिक्षण र परीक्षा सञ्चालनमा सहभागी भएका छैनन्। शिक्षकहरू […]
विराटचौक बजार क्षेत्रमा धुलो: सडक खनेर अवरुद्ध
सुन्दरहरैंचा । विराटचौक–विराटनगर हुँदै घिनाघाटतर्फ जाने मुख्य सडक खण्डको सुन्दरहरैंचास्थित विराटचौक बजार क्षेत्रमा सडक निर्माणको क्रममा अत्यधिक धुलो उड्न थालेपछि स्थानीय व्यवसायी र बासिन्दा आक्रोशित बनेका छन्। धुलो नियन्त्रणका लागि भन्दै सुन्दरहरैंचा उद्योग वाणिज्य संघको अगुवाइमा दुवै तर्फ सडक खनेर आवागमन पूर्ण रूपमा अवरुद्ध गरिएको हो। निर्माण कार्य जारी रहे पनि आवश्यक सुरक्षात्मक उपायहरू नअपनाइएपछि […]
विराटचौकको अस्तव्यस्त सडकले जनजीवन कष्टकर
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका अन्तर्गतको मुख्य व्यापारिक केन्द्र विराटचौक बजार यतिबेला सडक अव्यवस्थाका कारण अस्तव्यस्त बनेको छ। घिनाघाट–विराटनगर सडकखण्डमा पर्ने उक्त बजार क्षेत्रको करिब ५०० मिटर सडक कालोपत्रे गर्ने कार्य ढिलाइ हुँदा स्थानीयवासी र व्यवसायीहरू हैरान भएका छन्। निर्माण कार्य लामो समयदेखि अधुरो रहँदा सडकमा बाक्लो धुलो उड्ने समस्या देखिएको छ। अत्यधिक धुलोका कारण […]
मोरङ काङ्ग्रेसको उपसभापतिमा रोहित कार्कीको बलियो दाबी
सुन्दरहरैंचा । आसन्न नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन नजिकिँदै गर्दा मोरङ जिल्ला उपसभापतिको दौडमा रोहित कार्कीले बलियो दाबी प्रस्तुत गरेका छन्। संगठनभित्रको लामो अनुभव, सक्रियता र जनसम्पर्कको बलमा कार्कीको उम्मेदवारीलाई पार्टीभित्र गम्भीररूपमा हेरिएको छ। कार्की अहिले नेपाली काङ्ग्रेसका महासमिति सदस्यका रूपमा सक्रिय छन्। यसअघि उनी तत्कालिन मोरङ क्षेत्र नं. ८ को काङ्ग्रेस सभापति भइसकेका छन् […]





