मुख्य समाचार राजनीति

काङ्ग्रेसले चुनाव होइन, राष्ट्रको हित हेर्छ : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले कांग्रेसको प्राथमिकता सधैं राष्ट्रको हित रहेको बताएका छन्। उनले कांग्रेसले चुनावी परिणामभन्दा ठूलो हित राष्ट्रको समावेशी एकता र स्थायित्वलाई मानेको स्पष्ट पारे। कास्की काङ्ग्रेसको रुपा गाउँपालिकाको दोस्रो पालिका सम्मेलनलाई सम्बोधन गर्दै थापाले भने, “हिजो द्वन्द्वकालमा कांग्रेसका कार्यकर्ताहरूले आफ्नो ज्यान गुमाए, तर राष्ट्रको हितको विरुद्धमा कहिल्यै गएनन्। […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाको ३ करोड ७१ लाख २७ हजार बेरुजु

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाको बेरुजु ३ करोड ७१ लाख २७ हजार देखिएको छ । पालिकाको ३ अर्ब २३ करोड ४५ लाख ७४ हजार रकमको लेखापरीक्षण गरिएकोमा १.१५ प्रतिशत बेरुजु देखिएको हो । त्यस्तै विराटनगर महानगरपालिकामा  २ करोड ८ लाख ५७ हजार, बेलबारी नगरपालिकामा ३ करोड ६२ लाख ९ हजार , उर्लाबारी नगरपालिकामा १ करोड […]

कोशी प्रदेश मुख्य समाचार

इन्द्रपुर लायन्सको अध्यक्षमा प्रमिला दुलाल चयन

सुन्दरहरैंचा ।  लायन्स क्लब अफ इन्द्रपुरको अध्यक्षमा आगामी कार्यकाल २०२५/०२६ का लागि प्रमिला दुलाल चयन भएकी छिन्। क्लबको हालै सम्पन्न बैठकबाट दुलाल अध्यक्षमा निर्विरोध चयन भएकी हुन्। क्लबको नयाँ कार्यसमितिमा पहिलो उपाध्यक्षमा योजना शर्मा, दोस्रो उपाध्यक्षमा रेवन्त कार्की र तेस्रो उपाध्यक्षमा कल्पना दाहाल चयन भएका छन्। यसैगरी, सचिवमा विना सुवेदी आचार्य, सहसचिवमा डम्बर कार्की, कोषाध्यक्षमा […]

मुख्य समाचार शिक्षा

सुन्दरहरैंचामा  सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता

सुन्दरहरैंचा । मोरङ्को सुन्दरहरैंचा नगरपालिकामा पहिलोपटक सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौता गरिएको छ। नगरपालिका अन्तर्गतका विद्यालयहरूमा पठनपाठन, व्यवस्थापन र शैक्षिक क्रियाकलापलाई अझ प्रभावकारी बनाउन शिक्षा, युवा तथा खेलकुद उपशाखा र विद्यालयका प्रधानाध्यापकहरूबीच ३९ वटा बुँदामा आधारित कार्यसम्पादन सम्झौता गरिएको हो। सम्झौताले विद्यालयस्तरमा दैनिक कार्य सञ्चालनलाई थप सहज बनाउने र शिक्षण–सिकाइ प्रक्रियालाई व्यवस्थित तथा नतिमामुखी बनाउने […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा स्कुटी र मोटरसाइकल ठोक्किँदा दुई युवती घाइते

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित बुधबारे बजारस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना युवती घाइते भएका छन्। दुर्घटना प्र.१–०२–०५२प २९०८ नम्बरको (१२५ सिसी) स्कुटी र बा ६ प ११७ नम्बरको मोटरसाइकलबीच भएको हो। स्कुटी विराटचोकबाट सलकपुरतर्फ जाँदै गरेको अवस्थामा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले  जनाएको […]