कोशी प्रदेश मुख्य समाचार

सुकुना खोलामा युवती झुण्डिएको अवस्थामा मृत फेला

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. १० स्थित सुकुना खोलाको फलामे पुलमा एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। प्रहरीले दिएको जानकारी अनुसार मृत फेला परेकी किशोरी कानेपोखरी गाउँपालिका–७ घर भई हाल सुन्दरहरैचा–१० मा बस्दै आएकी १६ वर्षीया बबिता विक हुन्। प्रहरीका अनुसार घटना सोमबार राति करिब ११ बजेतिर भएको हो। उनलाई विराटचौक […]

कोशी प्रदेश मुख्य समाचार

लायन्स क्लब रोयल गोठगाउँ सिटीको अध्यक्षमा साह

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ स्थित गोठगाउँमा ‘लायन्स क्लब अफ रोयल गोठगाउँ सिटी’को औपचारिक स्थापना भएको छ। अनुरोध साहको अध्यक्षतामा गठन भएको उक्त क्लबलाई ‘लायन्स क्लब अफ विराटचोक सिटी’ले मातृत्व प्रदान गरेको हो। स्थापनाको अवसरमा हिजो गोदावरी रिसोर्टमा आयोजित विशेष समारोहमार्फत नयाँ कार्यसमितिको घोषणा गरिएको थियो। कार्यक्रममा क्लबका पदाधिकारीहरू सर्वसम्मत चयन भएका छन्। क्लबको प्रथम […]

कोशी प्रदेश मुख्य समाचार

पथरीबाट जरायोको सिङसहित दुई जना पक्राउ

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ सरस्वती टोलबाट जरायोको सिङसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय विजय राई रहेका छन्। मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार आइतबार साँझ विशेष सूचनाका आधारमा गुरुङको घरमा छापा हान्दा ३ वटा जरायोको टाउकोसहितका ६ वटा सिङ (३ जोर) फेला […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

४५ वर्षपछि एमाले छाड्दै तुलसा मेयान्बो कांग्रेसमा

सुन्दरहरैंचा । नेकपा एमालेको लामो समयसम्मको सक्रिय राजनीतिलाई बिदा दिँदै सुन्दरहरैंचाकी अग्रज महिला नेता तुलसा मेयान्बो नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। एमाले निकट अखिल नेपाल महिला संघ सुन्दरहरैंचाकी सचिवसमेत रहेकी मेयान्बोले शनिबार एक कार्यक्रमबीच औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन्। कांग्रेसका केन्द्रीय महासमिति सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. सुनिल कुमार शर्माले उनलाई पार्टीमा स्वागत […]

मुख्य समाचार राजनीति

मोरङ कांग्रेसमा नेताहरूलाई ‘चुनावी दशैं’

सुन्दरहरैंचा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन कहिले हुने भन्ने अन्योल कायमै रहँदा पनि मोरङ जिल्लामा भने नेताहरूबीच चुनावी सरगर्मी चुलिँदै गएको छ। पार्टी सभापतिको आकांक्षाले नेताहरूलाई सक्रिय बनाएको छ, जसका कारण मोरङ कांग्रेसभित्र ‘चुनावी दशैं’ जस्तै माहोल सिर्जना भएको छ। महाधिवेशन नजिकिँदै गएको अनुमानसँगै दर्जनौँ नेताहरूले सभापति पदमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्। कार्यकर्ता […]