सुन्दरहरैंचा । ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेजबहादुर दाहालको सरुवा भएको छ । दाहालको नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरो उपत्यका सेक्टरमा सरुवा भएको हो । बेलबारीमा दाहालको स्थानमा प्रहरी निरिक्षक कृष्णबहादुर खत्री आउने भएका छन । खत्री गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराबाट ईलाका प्रहरी कार्यालय बेलबारी आउन लागेका हुन । नेपाल प्रहरी […]
कोशी प्रदेश
सुन्दरहरैंचामा केराबारी भित्र दुई बालिका मृत भेटिए
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ स्थित बेलगाछीमा एकै घरका दुई बालिका केराबारीमा मृत अवस्थामा फेला परेका छन् । अर्जुन कार्कीका तीन वर्षीया र डेढ वर्षीया छोरीहरु मृत अवस्थामा फेला परेका हुन् । अर्जुनकी श्रीमती भने सम्पर्क विहिन रहेको प्रहरीले जनाएको छ । आज साँझ ५ बजे स्थानीयले केराबारीमा घाँस काट्ने क्रममा बालिकाहरुलाई […]
सुमो र मोटरसाइकल ठोक्किदा सुन्दरहरैंचाका विवसको मृत्यु
सुन्दरहरैंचा । रौतहटको चन्द्रपुरमा सोमबार अपरान्ह भएको दुर्घटनामा धरान र मोरङको सुन्दरहरैँचाका दुईजनाको मृत्यु भएको छ । बागमती प्रदेश ०३–००१ च ५३१ नम्बरको टाटा सुमो र प्रदेश १–०२–०४३ प ८०८५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । प्रहरीका अनुसार मोटरसाइकलमा सवार सुन्दरहरैँचाका विवश सापकोटा र धरानका तुलसी ओझाको मृत्यु भएको हो ।
सुन्दरहरैंचा पत्रकार समुहको “नाम्जे घोषणापत्र” सार्वजनिक
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा क्रियाशील सञ्चारकर्मीहरूको संगठन सुन्दरहरैँचा पत्रकार समूहको चौथो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। समूहका अध्यक्ष बाबुराम निरौलाको अध्यक्षतामा धनकुटाको नाम्जेमा आयोजित साधारणसभाले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। साधारणसभामा स्थानीय सञ्चार प्रवर्द्धन सम्बन्धी छलफल कार्यक्रम गरिएको थियो। साथै, नाम्जे घोषणापत्र जारी गर्दै कार्यक्रम समापन गरिएको थियो। पत्रकार समूहले जारी गरेको नाम्जे घोषणापत्रमा […]
बेलबारीबाट लागुऔषध सहित एकजना पक्राउ
बेलबारी । मोरङको बेलबारी नगरपालिका १० भाउन्नेबाट प्रहरीले एकजनालाई लागुऔषध सहित पक्राउ गरेको छ । सोही वडा बस्ने वर्ष २० को अर्पण गौतमलाई बुधबार प्रहरी चौकी डागींहाटबाट खटिएको प्रहरी टोलीले ट्रमाडोल ३९ पत्ता र नाईट्राभ्याट १८ ट्याबलेट सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले गौतमलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।





