कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाको जोगीयारेमा ट्रान्सफर्मर चोरी

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका वडा नं २ स्थित जोगीयारेमा ट्रान्सफर्मर चोरी भएको छ। लाइन गएको मौका छोपी अज्ञात समूहले ट्रान्सफर्मर चोरी गरेको हो। वडाध्यक्ष विवश प्रधानका अनुसार घटना रातिको समयमा भएको हो। “लाइन गएकै बेला ट्रान्सफर्मर निकालिएको छ,” उनले भने, “विद्युत सेवा अवरुद्ध भएपछि खोजतलास गर्दा चोरी भएको थाहा भयो।” घटनाबारे प्रहरीलाई जानकारी दिइएको र […]

कोशी प्रदेश मुख्य समाचार

सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा तारा आचार्य

विराटनगर । सञ्चार क्षेत्रको प्रवर्द्धन र महिलाको सशक्तिकरणमा क्रियाशील सञ्चारिका समूह कोशी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित प्रदेश समितिमा अध्यक्षमा मोरङकी तारा आचार्य चयन भएकी छन्। उपाध्यक्षमा सुनसरीकी रुमा रिजाल, महासचिवमा मोरङकी जुनु भट्टराई, सचिवमा सुनसरीकी सुप्रिया राई, कोषाध्यक्षमा मोरङकी कविता घिमिरे सर्वसम्मत भएका छन् […]

कोशी प्रदेश मुख्य समाचार

नेपाल ज्योतिष परिषदद्वारा नवग्रह रिसर्च सेन्टर तथा विज्ञान गृह निर्माण विषयक बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा ।  नेपाल ज्योतिष परिषद कोशी प्रदेशको आयोजनामा “नवग्रह रिसर्च सेन्टर तथा विज्ञान गृह निर्माण विषयक बृहत् अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की रहेका थिए । उनले वैदिक ज्योतिष विज्ञान र नवग्रह सम्बन्धी अनुसन्धानको महत्वमा प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले समाजमा वैज्ञानिक चेतना र आध्यात्मिक समझदारी बढाउने उल्लेख […]

कोशी प्रदेश मुख्य समाचार

रणकाली देविस्थान मन्दिरको अध्यक्षमा मातृका चापागाईं चयन

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ३ मा रहेको रणकाली देविस्थान मन्दिरको अध्यक्षमा मातृका चापागाईं सर्वसम्मत चयन भएका छन । मन्दिरको सभाहलमा सोमबार आयोजित २५ औं वार्षिकोत्सव र ५ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा चापागाईं सर्वसम्मत चयन भएका हुन । कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले कार्यक्रमलाई स्वागत गर्दै महत्वपूर्ण उपस्थितिले मन्दिरका […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन: ढकाल र सुवेदी समूहको उम्मेद्बारी घोषणा

सुन्दरहरैंचा ।  नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन चैत २८ गते हुने भएको छ। अधिवेशनमा नगरका १२ वटै वडाबाट छनोट भएर आएका २८७ जना प्रतिनिधिहरूले मतदान गर्ने छन्। अध्यक्ष पदका लागि डिल्लीप्रसाद ढकाल र हेमराज सुवेदीबीच प्रतिस्पर्धा हुने भएको छ। ढकाल समूहले आफ्नो उम्मेदवारीको घोषणा गर्दै अध्यक्षमा डिल्लीप्रसाद ढकाल, उपाध्यक्षमा दुर्गा भट्टराई, सचिवमा विशाल गुरगाईं, […]