कोशी प्रदेश मुख्य समाचार

“निजी क्षेत्रबाटै आफ्नो ठाउँ आफै बनाऔं”:  उधोगपती भोलेश्वर  दुलाल

सुन्दरहरैंचा ।  उद्योगपति भोलेश्वर दुलालले मुलुकको समृद्धि र विकासमा निजी क्षेत्रको निर्णायक भूमिका रहने उल्लेख गर्दै आत्मनिर्भरता र सक्रिय सहभागिताको आह्वान गरेका छन्। शनिबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै दुलालले भने, “देश निर्माणको अपेक्षा अरूबाट गर्नु व्यर्थ छ। हामी निजी क्षेत्रका प्रतिनिधिहरूले नै आफ्नो ठाउँ आफै बनाउनु पर्ने समय […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा किरात याक्थुङ चुम्लुङको २६ औं राष्ट्रिय सम्मेलन हुँदै

सुन्दरहरैंचा । किरात याक्थुङ चुम्लुङको २६ औं राष्ट्रिय चुम्लुङ ‘मुन्धुम शिक्षा विशेष राष्ट्रिय चुम्लुङ’ वैशाख २६ गतेदेखि मोरङको सुन्दरहरैंचा स्थित चुम्लुङ हिमको खुला प्राङ्गणमा आयोजना हुने भएको छ। दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको चुम्लुङका महासचिव निरन्ती तुम्बापोले जानकारी दिइन्। “यो चुम्लुङ लिम्बू समुदायको सांस्कृतिक पुनर्जागरण, भाषिक अधिकार र मुन्धुम शिक्षाको […]

कोशी प्रदेश मुख्य समाचार

हरैंचा बजार छिट्टै व्यवस्थित बन्छ : नगरप्रमुख गुरागाई

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–१ मा रहेको हरैंचा हटिया बजार केही महिनाभित्र व्यवस्थित हुने नगरप्रमुख केदारप्रसाद गुरागाईले बताएका छन्। नगरपालिकाले बुधबार आयोजना गरेको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख गुरागाईले हटिया बजार सुधारका लागि विशेष परियोजना तयारी भइरहेको जानकारी दिए। “बजारका टहराहरूको उचित व्यवस्थापनमा हामी लागिरहेका छौं,” नगरप्रमुख गुरागाईले भने, “एउटा प्रोजेक्टको खाका तयार […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचा नगरपालिकाको  दोस्रो सार्वजनिक सुनुवाई सम्पन्न

सुन्दरहरैंचा । रेडियो सुसेलीको सहजीकरणमा सुन्दरहरैंचा नगरपालिकाको चालु आर्थिक वर्ष २०८१\०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ हिजो सम्पन्न भएको छ । वडा नम्बर १ को कार्यालयको सभाहलमा नगरप्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा भएको कार्यक्रममा पालिकामा रहेका विभिन्न शाखाका प्रमुखहरुले ती शाखाको हालसम्मको उपलब्धी प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी नगरवासीले राखेका जिज्ञासाको जवाफ नगरप्रमुख गुरागाईं तथा […]

कोशी प्रदेश मुख्य समाचार

नयाँ वृन्दावन गौशालामा शिवालय मन्दिरको प्राणप्रतिष्ठा हुँदै

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका ५ मा अवस्थित नयाँ वृन्दावन गौशालामा शिवालय मन्दिरको प्राणप्रतिष्ठा तथा समाजसेवी रामप्रसाद काफ्लेको जीवनीमा आधारित पुस्तक ‘सेवाका सारथि’ को लोकार्पण हुने भएको छ। गौशालाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत कार्यक्रमको विवरण सार्वजनिक गरेको हो। संस्थापक संरक्षक दिनबन्धु शास्त्रीका अनुसार मन्दिरको प्राणप्रतिष्ठा वैशाख १८, १९ र २० गतेसम्म पण्डित भवानीशंकर निरौलाको […]