मुख्य समाचार राजनीति

प्रधानमन्त्री ओलीले गरे एमाले विधान महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको उद्घाटन भएको छ । ललितपुरको सनराइज हलमा आयोजित विधान महाधिवेशनको प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । तीनदिनसम्म चल्ने महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल २३४१ जना सहभागी छन् ।

कोशी प्रदेश मुख्य समाचार

सुकुना खोलामा युवती झुण्डिएको अवस्थामा मृत फेला

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. १० स्थित सुकुना खोलाको फलामे पुलमा एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। प्रहरीले दिएको जानकारी अनुसार मृत फेला परेकी किशोरी कानेपोखरी गाउँपालिका–७ घर भई हाल सुन्दरहरैचा–१० मा बस्दै आएकी १६ वर्षीया बबिता विक हुन्। प्रहरीका अनुसार घटना सोमबार राति करिब ११ बजेतिर भएको हो। उनलाई विराटचौक […]

कोशी प्रदेश मुख्य समाचार

लायन्स क्लब रोयल गोठगाउँ सिटीको अध्यक्षमा साह

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ स्थित गोठगाउँमा ‘लायन्स क्लब अफ रोयल गोठगाउँ सिटी’को औपचारिक स्थापना भएको छ। अनुरोध साहको अध्यक्षतामा गठन भएको उक्त क्लबलाई ‘लायन्स क्लब अफ विराटचोक सिटी’ले मातृत्व प्रदान गरेको हो। स्थापनाको अवसरमा हिजो गोदावरी रिसोर्टमा आयोजित विशेष समारोहमार्फत नयाँ कार्यसमितिको घोषणा गरिएको थियो। कार्यक्रममा क्लबका पदाधिकारीहरू सर्वसम्मत चयन भएका छन्। क्लबको प्रथम […]

स्वास्थ्य

सांसद डा. सुनिल शर्माको पहलमा सफल भयो दाजु-बहिनीको निःशुल्क कलेजो प्रत्यारोपण

सुन्दरहरैचा । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा सांसद डा. सुनिल शर्माले काठमाडौँ मेडिकल कलेजमा एक दाजु-बहिनीको निःशुल्क कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। मोरङ जिल्ला बुडिगंगा गाउँपालिका–१ निवासी ३६ वर्षीय विपिन विक्रम बिष्टले आफ्नी ३० वर्षीया बहिनी रक्षा बिष्टलाई कलेजो दान गर्दै जीवनदान दिएका छन्। यो कलेजो प्रत्यारोपण काठमाडौं मेडिकल कलेजमा दोस्रो पटक सफलतापूर्वक […]

कोशी प्रदेश मुख्य समाचार

पथरीबाट जरायोको सिङसहित दुई जना पक्राउ

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ सरस्वती टोलबाट जरायोको सिङसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय विजय राई रहेका छन्। मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार आइतबार साँझ विशेष सूचनाका आधारमा गुरुङको घरमा छापा हान्दा ३ वटा जरायोको टाउकोसहितका ६ वटा सिङ (३ जोर) फेला […]