सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित बुधबारे बजारस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना युवती घाइते भएका छन्। दुर्घटना प्र.१–०२–०५२प २९०८ नम्बरको (१२५ सिसी) स्कुटी र बा ६ प ११७ नम्बरको मोटरसाइकलबीच भएको हो। स्कुटी विराटचोकबाट सलकपुरतर्फ जाँदै गरेको अवस्थामा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको […]
Author: इष्ट खबर संवाददाता
सुन्दरहरैंचाका तामाङ ब्राउन सुगरसहित विराटनगरबाट पक्राउ
विराटनगर । लागूऔषध नियन्त्रण ब्युरो, विराटनगरले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति मोरङको सुन्दरहरैचा नगरपालिका–३ निवासी २० वर्षीय दिवश तामाङ हुन्। ब्युरोको टोलीले उनीलाई विराटनगर महानगरपालिका–१६ बाट नियन्त्रणमा लिएको हो। तामाङको साथबाट १ ग्राम ७१ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीका अनुसार तामाङलाई विशेष सूचनाको आधारमा […]
हिमालय इङ्लिस स्कुलमा दीक्षान्त तथा पुरस्कार वितरण कार्यक्रम
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा–१० स्थित त्रिवेणी चोकमा रहेको हिमालय इङ्लिस स्कुलमा दीक्षान्त तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। सुन्दरहरैचा वडा नं. १२ का अध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो। समारोहमा विभिन्न कक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई प्रमुख अतिथिबाट दीक्षित गरिएको स्कुलका प्रिन्सिपल कमल खनालले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरूले […]
छोरीले भनिन् — “बाबा, उहाँ नै हो असली नेता” : डा. सुनिल शर्माको नम्रता र सेवाभाव देखेर बाल मन जितिएको कथा
काठमाडौं — राजनीति केवल भाषण, नाराजुलुस र पदको होडमात्र होइन, सादा व्यवहार र मानवताको अभ्यास पनि हो भन्ने उदाहरण बनेका छन् नेपाली कांग्रेसका युवा सांसद डा. सुनिल शर्मा। भर्खरै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोले यो कुरा अझ स्पष्ट पारेको छ। भिडियोमा डा. शर्मा गाडीबाट झर्दै थिए। त्यहीबेला अग्रज नेता चन्द्र भण्डारीले उहाँका लागि ढोका […]
“निजी क्षेत्रबाटै आफ्नो ठाउँ आफै बनाऔं”: उधोगपती भोलेश्वर दुलाल
सुन्दरहरैंचा । उद्योगपति भोलेश्वर दुलालले मुलुकको समृद्धि र विकासमा निजी क्षेत्रको निर्णायक भूमिका रहने उल्लेख गर्दै आत्मनिर्भरता र सक्रिय सहभागिताको आह्वान गरेका छन्। शनिबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै दुलालले भने, “देश निर्माणको अपेक्षा अरूबाट गर्नु व्यर्थ छ। हामी निजी क्षेत्रका प्रतिनिधिहरूले नै आफ्नो ठाउँ आफै बनाउनु पर्ने समय […]





