कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाको सफल स:मिलबाट काठ बरामद

सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ९ मा रहेको एक समिल बाट काठ नियन्त्रणमा लिईएकाे छ । सिसाैघारीमा दिपेन्द्र ढकालले सञ्चालन गरेको सफल समिलबाट सखुवा र कर्मा जातका काठ र गाेलिया नियन्त्रण लिईएकाे सव डिभिजन वन कार्यालय सलकपुरका प्रमुख लाल बहादुर माझीले बताए । करीब २ लाख मुल्य बराबरकाे काठ पक्राउ गरिएको छ । […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाको नगरसभा माघ ५ गते हुने

सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैंचा नगरपालिकाकाे हिउँदे नगरसभा माघकाे ५ गते हुने भएको छ । कार्यपालिका बैठकले नगरसभा माघ ५ गते शुक्रबार गर्ने निर्णय गरेको हो । आज शुक्रबार नगरको सभाहलमा बसेको १ सय ८ औ कार्यपालिका बैठकले माघ ५ गते नगर सभा गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश मुख्य समाचार विजनेश

विराटचौकमा लण्ड्री सेवा, यस्तो छ सेवा सुविधा

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका स्थित विराटचौकमा आधुनिक प्रविधियुक्त  लण्ड्री एण्ड ड्राई क्लिनर्स सेवा सञ्चालनमा आएको छ ।  होटल स्वादले उक्त लण्ड्री सेवा सञ्चालनमा ल्याएको हो । होटल क्षेत्रको सफलता सगै तीन जनाको लगानीमा सञ्चालनमा आएको स्वाद होटले लण्ड्री सेवा समेत सञ्चालन गरेको हो । ग्राहकको सजिलोको लागि लण्ड्रीले होम डेलीभरीको समेत व्यवस्था गरेको छ । […]

खेल मुख्य समाचार

सुन्दरहरैंचाकी दिपाले जितिन `वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ उपाधी

सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैंचा नगरपालिका ११ कि दिपा विष्टले भारतको हैदरावादमा सम्पन्न भएको १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा  ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जितेकि छिन । भारतकाे हैदरावाद स्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा दिपाले युरोप, अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जित्न सफल भएकी […]

कोशी प्रदेश मुख्य समाचार

करको दर फेर्न समितिले बुझायो प्रतिवेदन, भोली कार्यपालिका बैठक बस्दै

सुन्दरहरैंचा ।  सुन्दरहरैँचा नगरपालिकाकाे आर्थिक ऎन २०८० मा उल्लेखित कर, दस्तुर, सेवा शुल्क सम्बन्धि समस्या समाधानकालागि गठित समितिले आफ्नाे कार्य सम्पन्न गरी नगरप्रमुख केदारप्रसाद गुरागाईँ समक्ष प्रतिवेदन पेश गरेकाे छ ।  बिहीबार वडा नम्बर १२ का वडा अध्यक्ष राेशनप्रसाद ढकालकाे सम्याेजकत्वमा गठित विज्ञ सहितकाे समितिले  नगरप्रमुखलाई प्रतिवेदन हस्तान्तरण गरेकाे हाे । प्रतिवेदन बुझ्दै नगरप्रमुख गुरागाईँले […]