
सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका स्थित विराटचौकमा आधुनिक प्रविधियुक्त लण्ड्री एण्ड ड्राई क्लिनर्स सेवा सञ्चालनमा आएको छ । होटल स्वादले उक्त लण्ड्री सेवा सञ्चालनमा ल्याएको हो ।


होटल क्षेत्रको सफलता सगै तीन जनाको लगानीमा सञ्चालनमा आएको स्वाद होटले लण्ड्री सेवा समेत सञ्चालन गरेको हो ।

ग्राहकको सजिलोको लागि लण्ड्रीले होम डेलीभरीको समेत व्यवस्था गरेको छ । ग्राहकले भनेकै समयमा सेवा दिने लण्ड्री सञ्चालकले जनाएका छन । लण्ड्रीमा हरेक प्रकारका कोट, सर्ट, पाईन्ट, दौरा सुरुवाल, साडी, कुर्ता सुरुवाल, ज्याकेट, लेदर ज्याकेट, पर्दा, तन्ना, स्विटर, ब्ल्याङकेट आदि आधुनिक मेसिनद्वारा धुलाई गरिने सञ्चालकले जनाएको छ ।









