कोशी प्रदेश मुख्य समाचार

काेशी प्रदेश सरकार भ्रष्टाचारकाे विषयमा कसैसँग कुनै सम्झाैता गर्दैन : मुख्यमन्त्री कार्की

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले काेशी प्रदेश सरकारले भ्रष्टाचारकाे विषयमा कसैसँग कुनै किसिमकाे सम्झाैता नगर्ने बताएका छन् । खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयले विराटनगर, इटहरी र झापाकाे सुरूङ्गामा स्थापना गरेकाे विद्युतीय सवारी चार्जिङ्ग स्टेसनकाे आइतबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले काेशी सरकार फरक ढंगले सुशासनमा अघि बढिसकेकाले सबैलाई इमानदारितापूर्वक जनताकाे पक्षमा काम गर्न निर्देशन दिएका हुन् । […]

मुख्य समाचार स्वास्थ्य

विराटचोकमा फिजियोथेरापीको सेवा

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा फिजियोथेरापी सेन्टर सञ्चालनमा आएको छ । वडा नं १० स्थित विराटचौकमा विराट फिजियोथेरापी सेन्टर सञ्चालनमा आएको हो । आइतबार सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले उक्त सेन्टरको उद्घाटन गरेका छन । उक्त सेन्टरबाट आधुनिक मेसिनद्वारा विशेषज्ञ फिजियोथेरापीष्टबाट अर्थोपेडिक फिजियोथेरापी, न्युरो फिजियोथेरापीको सेवा दैनिक रुपमा उपलब्ध हुने छ । अरनिको अस्पताल उर्लाबारी, […]

मुख्य समाचार शिक्षा

आश्रय सुधार केन्द्रद्वारा न्यानो कपडा वितरण

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ३ मा रहेको जनता आधारभूत  विद्यालयमा अध्ययनरत छात्र छात्राहरूलाई  आश्रय सुधार केन्द्रले  न्यानो कपडा वितरण गरेको छ । सुधार केन्द्रले ६१ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । बाक्लो हुस्सु र चिसो बढे संगै  विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर सुधार केन्द्रले बितरण गरेको सुधार केन्द्रका निर्देशक सेवक […]

मनोरञ्जन मुख्य समाचार

मुक्त रंगमञ्च बनाउन सुन्दरहरैंचा उधोग वाणिज्य संघले सहयोग गर्ने

सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैँचा स्थित सलकपुरमा निर्माण भईरहेकाे मुक्त रंगमञ्च आर्थिक अभावका कारण निर्माण प्रकृयामा समस्या भएको भन्दै आर्थिक जाेहाे गर्न स्थानीय जुटेका छन् । चियापान कार्यक्रम राखेर आमन्त्रण गरि निर्माण स्थलमा शनिबार भएको भेलाले सबैसंग आर्थिक सहयाेगकाे अपेक्षा गरिएकाे चियापान समारोह संयाेजक नारायण कार्कीले बताए । शिल्पि थिएटरले निर्माण गरिरहेकाे मुक्त रंगमन्च निर्माण गर्न […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाको तेह्रौं हिउँदे नगरसभा सम्पन्न

सुन्दरहरैंचा । सुन्दरहरैँचा नगरपालिकाकाे तेह्राैँ हिउँदे नगरसभा सम्पन्न भएको छ । शुक्रबार नगरप्रमुख केदारप्रसाद गुरागाईँकाे अध्यक्षतामा नगरपालिकाकाे नयाँ सभाहलमा सभा सम्पन्न भएको हाे । नगरसभाले आर्थिक ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक पारित गरेकाे छ ।  जसमा जग्गाको वर्ग विभाजन गरी नयाँ  मूल्यांकन गरिएको छ । यस्तै घरकाे पनि मूल्याङ्कन गरि नया दररेट कायम […]