कोशी प्रदेश समाचार

सुन्दरहरैचाको गोठगाउमा म्याजिक पल्टियो

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा दुर्घटना भएको छ । वडा नं ७ स्थित गोठागाउमा को १ ज ३३३१ नम्बरको म्याजिक दुर्घटनामा परेको हो । आज शुक्रवार बिहान पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको चालक र १ जना यात्रु रहेको म्याजिकले साइकल यात्रीलाई बचाउन खोज्दा अनियन्त्रित भइ पल्टिएको हो ।

स्वास्थ्य

सुन्दरहरैंचामा सार्वजनिक सवारी चालकलाई नि:शुल्क स्वास्थ्य सेवा

सुन्दरहरैंचा । कोसी प्रदेशका १४ वटै जिल्लालाई लक्षित गरेर मंगलबार देखि २०८० सालको ट्राफिक सप्ताह सुरु भएको छ । सडकमा लेन अनुशासनको पालना गराउने र सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्य सहित प्रदेश राजधानी विराटनगरमा सप्ताहको भव्य उद्घाटन संगै तेश्रो दिन सुन्दरहरैंचामा सार्वजनिक सवारी चालकलाई नि:शुल्क स्वास्थ्य सेवा संचालन भएको थियो । सवारी साधन दुर्घटना बढेपछि […]

कोशी प्रदेश समाचार

सुन्दरहरैचामा हालसम्म २५० वटा सिटिसफारी दर्ता

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाले तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) दर्ता प्रक्रिया अगाडी बढाए सँगै सफारीहरु धमाधम दर्ता सुरु भएको छ । सुन्दरहरैचा नगरपालिका आफैले नियमावली तयार गरी दर्ता प्रक्रिया अगाडि बढाएको थियो । अव्यवस्थित रूपमा रहेको ई–रिक्सा सवारी कार्यविधिअनुसार मात्र ई–रिक्सा दर्ता गरी चलाउन पाउने भएको छ । नगरमा रहेका सबै सिटिसफारीलाई दर्ता प्रक्रियामा आउन […]

कोशी प्रदेश समाचार

लागुऔषध सहित ६ जना पक्राउ

बिराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापा स्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका-३ का २४ बर्षीय मनिष वाग्लेलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको […]

शिक्षा

हिमालय इङलिस स्कुलद्वारा बिधार्थी दिक्षित

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १० मा रहेको हिमालय इङ्गलिस स्कुल युकेजीबाट उत्तीर्ण गरि आधारभूत तह प्रवेश गरेका आफ्ना बिधार्थीहरूलाई आज मंगलबार एक समाराेह बीच दिक्षित गरेकाे छ । कक्षा १ मा प्रवेश गरेका ४० जना बिधार्थीहरूलाई स्कुलले दिक्षित गरेकाे हाे । स्कुलले सुरू गरेकाे दिक्षान्त समाराेहले बालवालिका तथा अभिभावकहरूलाई अझ हाैसला मिल्ने […]