
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा रू २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालयको बैठकले पार्टीका नेता तथा कार्यकर्ताबाट रकम सङ्कलन गरेर भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेको छ ।


बैठकले केन्द्रीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, जनप्रतिनिधि एवं राजनीतिक नियुक्ति भएका व्यक्तिबाट १५ दिन बराबरको पारिश्रमिक पार्टीको राहत उपचार कोषमा जम्मा गर्नुपर्ने निर्णय गरेको छ ।

भूकम्म प्रभावित क्षेत्रको राहत र उद्धार कार्य व्यवस्थापन, आवश्यक सहयोग तथा अनुगमन गर्नका लागि पार्टीका उपमहासचिव प्रकाश ज्वाला संयोजक रहने गरी एक कार्यदल गठन गरेको छ ।









