कोशी प्रदेश समाचार

सडक दुर्घटना: सुन्दरहरैचामा तीन जना घाइते

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकामा भित्र विभिन्न स्थानमा भएका दुर्घटनाबाट तीन जना घाइते भएका छन । मंगलबार सुन्दरहरैचाको खोर्साने, सलकपुर र वडा नं ४ स्थित जब्दी चौकमा भएको दुर्घटनामा तीन जना घाइते भएका हुन ।

वडा नं १० स्थित खोर्सानेमा पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को ३३ प ६२८२ नं.को मोटरसाइकलले उत्तर बाट दक्षिण तर्फ बाटो क्रस गर्दै गरेको प्र १-०२-०४९ प ३६०६ नं.को स्कुटर लाई ठक्कर दिदा स्कुटर चालक सोही वडा बस्ने वर्ष ४५ को रोहित भण्डारी घाइते भएका छन । उनको सुकुना सामुदायिक अस्पताल बिराटचोकमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै वडा नं ८ स्थित सलकपुर चौकमा पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको को १५ प ३७६५ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई पछाडिबाट ठक्कर दिदा भारत घर बताउने अन्दाजी बर्ष २५ को अमन कुमार बर्मा घाइते भएका छन । उनको बिराट टिचिङ
अस्पताल बिराटनगरमा उपक्षर भइरहेको छ ।

त्यस्तै वडा नं ४ स्थित जब्दी चौकमा पुर्ब पश्चिम लोकमार्गमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको को १ ख ७१५८ न.को बसले सोहि दिशा तर्फ जादै गरेको प्र.१-०२-०४० प ७६६४ न.को स्कुटीलाई पछाडिबाट ठक्कर दिदा स्कुटर चालक धरान बस्ने अर्जुन पुरी घाइते भएका छन । उनको धरानमा उपक्षर भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *