
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० मा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलका विद्यार्थीहरूले सोमबार धान रोपेका छन् ।


स्कुलले आयोजना गरेको धान रोपाइँ कार्यक्रममा विद्यार्थी, शिक्षक र विद्यालय नजिक रहेका अभिभावकहरूको उपस्थिति रहेको थियो ।

सिद्धार्थले विद्यार्थीहरू आफैलाई धान रोप्न लगाएर र त्यसको गोडमेल गरी बाली उठाउने बेला सम्म विद्यार्थी आफैलाई प्रयोग गर्दै आएको छ । सिद्धार्थका प्रिन्सिपल अर्जुन बस्नेतका अनुसार विद्यार्थीलाई प्रयोगात्मक सीप सिकाउन खेतमै पुगेर धान रोप्ने तरिका सिकाइएको हो ।









