
विराटनगर । नक्कली बाबु बनेर नागरिकताको सिफारिस गर्ने दुईजनालाई मोरङ जिल्ला अदालतले पूर्पक्षका लािग कारागार चलान गर्ने आदेश दिएको छ । २०७८ माघ २४ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट बेलबारी नगरपालिका वडा नंम्बर ११ बस्ने भनि स्थायी ठेगाना जिल्ला ताप्लेजुङ मैवाखोला गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला मोरङ लेटाङ नगरपालिका वडा नंम्बर ७ बस्ने बर्ष ६१ को सुर्यहाङ लिम्बु र जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर ११ बस्ने बर्ष ६० को सुर्यबहादुर फ्याङ्ग लिम्बु कारागार चलान भएका छन ।


जिल्ला प्रशासन कार्यालय मोरङबाट सूर्यहाङ लिम्बूले बेलबारी नगरपालिका ११ बस्ने भन्दै आफू बुबा भएको कागजात बनाएर कास्की पोखरा १० स्थायी घर भएका रविन गुरुङ, पोखरा १२ का प्रसान्त मगर र पोखरा १६ का गणेश गुरुङलाई नागरिकता बनाउन सिफारिस गरेका थिए ।

डेढ वर्ष अगाडी पक्राउ परेका लिम्बूद्वयले सुरज लिम्बू, साजन लिम्बू र सविन लिम्बूको नाममा झुठो नागरिकता बनाएको खुलेको थियो । त्यसै क्रममा पक्राउ परेका उनीहरुलाई प्रहरीले आवश्यक अनुसन्धान गरी मोरङ जिल्ला अदालतमा पेश गरेको थियो ।









