स्वास्थ्य

नोबेलमा शल्यक्रियाबाट निकालियो १५ वर्षीय बालकको आन्द्रामा अड्किएको कैंची

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा ५ वर्षीय बालकको पेटबाट कैंची निकालिएको छ। उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले सफलतापूर्वक शल्यक्रिया गरेर निकालेका हुन्।

घरमा टिभी हेर्ने क्रममा बालकले खेलाइरहेको कैंची अड्किएपछि परिवारजनले स्थानीय अस्पताल हुँदै नोबेल पुर्‍याएका थिए। गम्भीर अवस्थामा भर्ना भएका उनको आकस्मिक कक्षमा गरिएको एक्स–रे र सिटी स्क्यानको आधारमा उनको पेटको सानो आन्द्राभित्र कैंची अड्किएको पुष्टि भयो। घटना अत्यन्तै जटिल र संवेदनशील रहे पनि, नोबेल शिक्षण अस्पतालका वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई र उनको दक्ष सर्जिकल टोलीले ल्याप्रोस्कोपिक प्रविधिको सहायताले सफलतापूर्वक शल्यक्रिया गरी कैंची निकालेका छन्। डा. भट्टराईका अनुसार, “बालकको आन्द्रामा कैंची अड्किएर त्यसले थप जटिलता ल्याउन सक्थ्यो, तर समयमै ल्याप्रोस्कोपिक सर्जरीमार्फत निकाल्न सफल भयौँ। दुई दिनको अस्पताल बसाइपश्चात बालक स्वस्थ भई घर फर्किएका छन्।”

ढल्किएर टिभी हेर्दै मुखमा कैंची खेलाइरहेको अवस्थामा अचानक घाँटीभित्र छिरेको थियो। बालकले कैंची अड्कियो भन्दै कराएपछि हजुरबुबाले निकाल्न खोज्दा कैंची अझै भित्र पसेको थियो।

स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि परिवारजनले नोबेल लगेका थिए। गम्भीर अवस्थामा आएका बालकको तत्कालै शल्यक्रिया गरी कैंची निकालेको अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *