विजनेश

नोबेल मेडिकल कलेजको आम्दानीमा सुधार, १ वर्षमा साढे २ अर्ब कमायो

काठमाडौं । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेडले गत वर्ष (सन् २०२४) मा २ अर्ब ५१ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा १४ ।७८ प्रतिशत धेरै हो । सन् २०२३ मा कम्पनीले २ अर्ब १९ करोड १० लाख, सन् २०२२ मा २ अर्ब २८ करोड ६० लाख, सन् २०२१ मा २ अर्ब २८ करोड ६० लाख र सन् २०२० मा यस कम्पनीले २ अर्ब ५० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ ।

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड सन् २००३ मा स्थापना भएको हो । कञ्चनबारी, विराटनगरमा अवस्थित यो कलेज काठमाडौं विश्वविद्यालयसँग मेडिकल र सम्बद्ध स्वास्थ्य विज्ञानका कार्यक्रमहरुका लागि सम्बद्ध छ । यसले डीएम, एमसीएच, एमएस, एमडी, एमबीबीएस, बीडीएस लगायतका कोर्स अध्ययन गराउँछ ।

कलेजले ४ अर्ब ५० करोड रुपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये लङ ट्रम ४ अर्ब ३५ करोडका लागि ‘इक्राएनपी एलबीबी प्लस’ रेटिङ प्राप्त गरेको छ । सर्ट ट्रम १५ करोड कर्जाका लागि ‘इक्रा एनपी ए४ प्लस’ रेटिङ पाप्त गरेको छ ।

भारतसँग सीमा नजिक भएकाले बिरामीहरुको उच्च आगमन, राम्रो पूर्वाधार र प्रतिस्पर्धात्मक सेवा शुल्कले आम्दानी बढाएको छ । साथै, विदेशी विद्यार्थीहरुको भर्ना बढेको कारण पनि आम्दानी वृद्धिमा सहयोग पुगेको एजेन्सीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *