विजनेश

पब्लिक कम्पनी बन्यो नोबेल मेडिकल कलेज

विराटनगर । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । यसअघि प्राइभेट लिमिटेड कम्पनीका रुपमा चल्दै उक्त कलेज नयाँ संरचनासहित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेड कम्पनी बनेको हो ।

चिकित्साा शिक्षा अध्यापन गराउने नोबेल मेडिकल कलेज नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेडमा परिवर्तन भएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

यसअघि प्रा.लि. रहेकोमा अब पब्लिक कम्पनी भएसँगै परिवर्तित नाम कम्पनी रजिष्ट्रारको कार्यालय र विश्वविद्यालयबाट समेत स्वीकृत भइसकेको छ ।

पक्लिक कम्पनी बनेसँगै अब नोबेल मेडिकल कलेजलाई सर्वसाधारण नागरिकमा आईपीओ निष्काशनको बाटो खुलेको छ । अब आवश्यक प्रक्रिया पूरा गरेर नोबेल मेडिकल कलेजले आईपीओ निष्काशन गर्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *