स्वास्थ्य

काठमाडौं मेडिकल कलेजमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण, बिरामी घर फर्किए

सुन्दरहरैचा । काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगलमा पहिलो पटक सफल कलेजो (लिभर) प्रत्यारोपण सम्पन्न गरिएको छ। यो नेपाली चिकित्सा क्षेत्रको लागि एक ऐतिहासिक सफलता हो, जसले देशमै कलेजो प्रत्यारोपण सम्भव छ भन्ने विश्वासलाई बलियो बनाएको छ।

यो सफल प्रत्यारोपण डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–५ निवासी ४० वर्षीय प्रदीप नगरकोटीमा गरिएको हो। उनलाई उनकी ३३ वर्षीया श्रीमती यशोदा कुमारी देउवाले कलेजो दान गरेकी हुन्। कलेजो प्रत्यारोपणको नेतृत्व डा. रोशन घिमिरेको चिकित्सक टोलीले गरेको थियो।

जटिल र जोखिमपूर्ण मानिने कलेजो प्रत्यारोपण प्रक्रिया नेपालमै सफलतापूर्वक सम्पन्न हुनु देशको स्वास्थ्य प्रणालीको गुणस्तर र प्रविधिमा भएको प्रगतिको प्रमाण हो।

काठमाडौं मेडिकल कलेज नेपाली कांग्रेस का लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्माको हो डा. शर्मा ले यस सफलतामा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिकको योगदानप्रति गर्वका साथ धन्यवाद व्यक्त गरेका छन्। यो उपलब्धिले भविष्यमा नेपालमै अन्य अंग प्रत्यारोपणहरूको विस्तार हुने र बिरामीहरूलाई उपचारका लागि विदेश जानु नपर्ने आशा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *