कोशी प्रदेश मुख्य समाचार विजनेश

उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव  हुने

उर्लाबारी । उर्लाबारीमा “उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव २०८१” आगामी फागुन १५ गतेदेखि २५ गतेसम्म आयोजना हुने भएको छ । उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा हुने यस महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

स्थानीय व्यापार, पर्यटन र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याउन महोत्सवको आयोजना गरिएको उर्लाबारी उधोग वाणिज्य संघका अध्यक्ष तारमान सिरेङले पत्रकार सम्मेलन मार्गत जानकारी दिएका छन ।

महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने कार्यक्रम रहेको छ। महोत्सवमा १५३ वटा स्टलहरू रहनेछन्, जसमा कृषि, उद्योग, पर्यटन क्षेत्रका प्रदर्शनीहरू, सांस्कृतिक कार्यक्रमहरू, व्यापारिक स्टलहरू लगायतका आकर्षणहरू समावेश हुनेछन् ।

यस महोत्सवमा १० दिनको अवधिमा ३ लाखभन्दा बढी दर्शकहरूको सहभागिता र करिब १५ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ। महोत्सवबाट बचत भएको रकमबाट व्यवसायीहरूको सुरक्षाका लागि आगो निभाउने उपकरण रिफिल गर्ने मेसिन खरिद गरिने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *