राजनीति

दुइ वर्ष भित्र सुकम्वासीहरुलाइ धनिपुर्जा डा सुनिल शर्मा

मोरङ । मोरङ क्षेत्र नम्बर ३ मा संयुत्त लोकतान्त्रि बाम गठवन्धनका साझा उम्मेद्वार डाक्टर सुनिल शर्माले मंसिर पछि बन्ने गठवन्धन सरकारले आगामी २ वर्षभित्र सुकम्वासि भुमिहिनहरुलाइ पहिलो चरणको धनिपुर्जा वितरण गरिसक्ने बताउनु भएको छ ।

मोरङ क्षेत्रनम्बर ३ को थपरेमा आयोजित कोणसभालाइ संवोधन गर्दै संयुत्त लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार शर्माले आफुहरु आश्वासन दिने मात्र नभइ काम गर्ने बताउनु भयो ।

आफुले यस अघिको निर्वाचन जित्न नसकेपनि आफुले सकेजति र सक्नेजति काम गरेको भन्दै सांसद भएर संसद भवनमा गएपछि जनताले गुनासो गर्न नपाउने गरि काम गर्ने शर्माको भनाइ थियो ।

शर्माले मोरङ क्षेत्र नम्बर ३ सहित देशभर गठवन्धनको जित निश्चित भइसकेका कारण मंसिरमा नयाँ सरकार बने लगत्तै जनतामाझ गरेका बाचा पुरा गर्ने सरकार, संसद र गठवन्धन आवद्ध दलहरु एक भएर लाग्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *