कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा स्कुटर र साइकल ठोक्किदा दुईजना घाइते

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० मा स्कुटर र साइकल ठोक्किदा दुईजना घाइते भएका छन ।

वडा नं १० स्थित न्यौपाने चौकमा बेलबारीबाट विराटचौक तर्फ आउदै गरेको प्र १-०२-०४७१७५३ न.को (१२५ सिसि) स्कुटरले सोही दिशाबाट आउदै गरेको साइकललाई ठक्कर दिदा दुई जना घाइते भएका हुन ।

दुर्घटनामा स्कुटर चालक बेलबारी नगरपालिका २ बस्ने वर्ष २९ को आकाश ढकाल र साइकल यात्री वर्ष ५५ को श्यामलाल राजवंशी घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवैको विराटचौक स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *