कोशी प्रदेश मुख्य समाचार विजनेश

उधारो व्यवस्थापनका लागि जिल्ला र नगर उद्योग वाणिज्य संघहरुको साझा पहल

सुन्दरहरैंचा । “उधारो समय मै तिरौ, व्यापारिक सद्भाव कायम राखौं” भन्ने मूल ध्येयका साथ उधारो कारोबार व्यवस्थापनका लागि सहकार्य तथा समन्वय गर्न कोशी प्रदेशका दश जिल्ला र नगर उद्योग वाणिज्य संघहरुले सामूहिक पहल गर्ने सहमति गरेका छन । उद्योग संगठन मोरङको समन्वयमा आज सुन्दरहरैंचा स्थित नेपालीरिका होटलमा भएको भेलाबाट व्यवसायीक क्षेत्रका लागि उधारो कारोवार चुनौति र समस्याका रुपमा देखिएको स्विकार यसको व्यवस्थापनका लागि हातेमालो गरेका हुन ।

सामुहिक भेला पश्चात जारी ६ वुदे सम्झौतामा उधारो कारोवारको नियमनका लागि स्पष्ट कानुनी व्यवस्था गर्न नेपाल सरकार समक्ष सामुहिक पहल गर्ने, जिल्ला र नगर उद्योग वाणिज्य संघले सम्वन्धीत फर्म, कम्पनी वा उद्योगलाई उधारो रकम यथाशिघ्र फरक फारक पार्न हरसम्भव पहल र प्रयत्न गर्ने, आफु  सम्बन्धीत क्षेत्रका उद्योग वा व्यापारिक पक्षलाई उधारो कारोबार व्यवस्थित गर्न पत्राचार गरी नैतिक एवं सामाजिक दबाब सृजना गर्ने उल्लेख छ ।    

त्यसैगरी आगामी दिनमा मुलुकका अन्य जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई यस पहलमा समावेश गर्दै लैजाने, उद्योग/व्यवसाय लगायत व्यवसायीक क्षेत्रको प्रवद्र्धन र वृहत्तर हितका मुद्दामा साझा धारणा बनाई कार्य गर्ने र संस्थागत विकास एवं सृदृढिकरणका लागि आपसी अन्तर सम्वादलाई आगामी दिनमा थप घनिभूत वनाउदै लैजाने विषय समेटिएको छ ।  

भेलालाई सम्वोधन गर्दै उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले व्यवसायीक सम्बन्धका आधारमा हुने उधारो कारोबारलाई नियमन गर्न नेपाल सरकारको हालसम्म कुनै स्पष्ट कानुन नभएकाले व्यसायीक हितका लागि संगठनले यो पहल प्रारम्भ गरेको वताउदै आगामी दिनमा अन्य जिल्ला र नगर उद्योग वाणिज्य संघहरुलाई समेत समेटने स्पष्ट पारे । 

अध्यक्ष सुरानाले राजश्व सम्वन्धी विवादको समाधानका लागि राजश्व न्यायाधिकरण, वैंकहरुको ऋण असुलीका लागि ऋण असुली न्यायाधिकरण जस्ता निकायहरु रहेतापनि उधारो उठाउने सम्वन्धमा कुनै न्यायीक निकाय नभएको जिकिर गर्दै व्यवसायीहरु वीच रहेको यो साझा समस्यालाई समाधान गर्ने कानुनी व्यवस्थाका लागी नेपाल सरकार समक्ष पहल गर्ने जनाएका छन ।   

सम्झौतामा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका नविन रिजाल, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, विराट व्यापार संघका अध्यक्ष नरेश खत्री, ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली, दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवी प्रसाद गुरागाई, विर्तामोड उद्योग वाणज्य संघका अध्यक्ष प्रकाश सिवाकोटी, ईनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष बीरेन्द्र कुमार साह, उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर वहादुर भण्डारी, सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण रिजालले हस्ताक्षर गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *