
सुन्दरहरैंचा । नगरमा अत्याधिक रुपमा भ्रष्टाचार र कर वृद्धि भएको भन्दै मोरङको सुन्दरहरैंचा नगरपालिकाका स्थानियहरु हातमा झाडु र शंख धुन बजाउदै सडकमा निस्किएका छन ।


मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ मा स्थापना भएको स्वतन्त्र युवा श्रमदान अभियानले शनिबार बिहान सुन्दरहरैंचा नगरपालिका क्षेत्रको पिएलओ मार्गमा सरसफाई कार्यक्रम आयोजना गरेको हो ।

उक्त अभियानमा आबद्ध स्थानियहरुले नगरमा कर वृद्धि र भ्रष्टाचार व्यापक भएको भन्दै सुशासनलाई ध्यान दिनुपर्ने भन्दै सांकेतिक रुपमा झाडु बोकेर र शंख धुन बजाउदै सडकमा निस्किएर जनप्रतिनिधिहरुको ध्यानाकर्षण गरेको हो ।
अभियानका अध्यक्ष टंकप्रसाद आचार्यले जनप्रतिनिधि अझै नसुध्रीए झाडुले जसरी फोहोर फाल्छ त्यसरी नै जनप्रतिनिहरुलाई नागरिकले आफै फाल्ने दिन आउने बताएका छन । त्यसकै सांकेतिक उदाहरणको लागि पनि सरसफाई कार्यक्रम आयोजना गरिएको अध्यक्ष आचार्यले बताए ।
अभियानका सदस्य तारा मैनालीले गाउँ घरमा चेतनाको निम्ति यो कार्यक्रम आयोजना गरिएको बताइन । उनले समाजमा हुने अत्याचार र भ्रष्टाचारलाई एक भएर अन्त्य पारौं भन्ने उद्देश्यले चेतनाको निम्ति अन्य दिनको भन्दा फरक तरिकाले कार्यक्रमको आयोजना गरिएको बताइन ।









