अन्तराष्ट्रिय

नेपाली युवा पाण्डेले गरे युरोपको सर्वोच्च शिखरको सफल आरोहण

काठमाडौं । नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरेका छन् । २८-२९ जुनमा पाण्डेले रुसमा रहेको एलब्रस हिमालको दुई पटक सफल आरोहण गरेका हुन् ।

सातै महादेशका उच्च हिमशिखरहरुको आरोहण गरी सेभेन समिट पूरा गर्नेमा नयाँ कीर्तिमान कायम गर्ने अभियानमा रहेका पाण्डे २१ जुनमा रुस प्रस्थान गरेका थिए । एलब्रस हिमाल युरोपको सबैभन्दा अग्लो चुचुरो हो । रुसको दक्षिणी भेगमा ककेसस हिमश्रृङ्‍खलामा पर्ने यो हिमाल सात महादेशका अग्ला हिमाल मध्येको एक हो ।

चतुर ट्रेक तथा एक्सपिडिसनले आयोजना गरेको यो अभियानमा पाण्डेको गाइड आरोही चतुर तामाङ रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *