कोशी प्रदेश मुख्य समाचार

इन्द्रपुर जेसिजको अध्यक्षमा उत्सव थापा सर्वसम्मत

सुन्दरहरैंचा । इन्द्रपुर जेसिज वर्ष २०२४ को अध्यक्षमा उत्सव थापा सर्वसम्मत चयन भएका छन । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेद्बारी नामावली विवरण अनुसार थापा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।

त्यस्तै जेसिजको कार्यकारी उपाध्यक्ष पदमा समीर बस्नेत र रमेश खतिवडा सर्वसम्मत चयन भएका छन भने उपाध्यक्ष पदमा निरु बजगाई, रामप्रसाद ढकाल, अल्का सुवेदी र गोपाल दाहाल सर्वसम्मत चयन भएका छन ।

त्यस्तै जेसिजको वर्ष २०२४ को सचिव पदमा प्रवास दाहाल र जनसम्पर्क अधिकारी पदमा दिवस रिजाल सर्वसम्मत चयन भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *