कोशी प्रदेश मुख्य समाचार राजनीति

राष्ट्रिय सभा निर्वाचन: कोशी प्रदेशमा मतगणना शुरु

विराटनगर । कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ । केहीबेर अघि मतगणना सुरु भएको हो । बिहान ९ बजेदेखि सुरु भएको कोशी प्रदेश राष्ट्रियसभा निर्वाचनमा ३ जना स्थानीय तहका प्रतिनिधि बाहेक सबैले मतदान गरेका छन् ।

कोशी प्रदेश राजनीति

राष्ट्रिय सभा निर्वाचन: कोशी प्रदेशमा मतदान शुरु

विराटनगर । राष्ट्रिय सभा सदस्य पदका लागि बिहीबार कोशी प्रदेशमा मतदान सुरु भएको छ । सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन् । यस्तै नेकपा एमाले र राप्रपा भित्र चुनावी तालमेल भएको छ ।  सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग एमालेकी रुक्मिणी कोइराला भिड्दै छन् । 

कोशी प्रदेश मनोरञ्जन मुख्य समाचार राजनीति

थारू संस्कृति ठूलाे सम्पति भएकाेले काेशी सरकारले संरक्षण गर्छ :  मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गाैरबकाे संस्कृति भएकाेले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । थारू कल्याणकारणी सभाले मंगलबार आयाेजना गरेकाे चाैथाे बर्जु माघी महाेत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकाेले संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएकाे बताएका हुन् । ´थारू संस्कृतिलाई गाैरवपूर्ण बनाअैां र यसकाे अन्तर्राष्ट्रियकरण गराैं,` उनले भने, ´थारू […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

बढ्दै शर्माको राजनितिक भेटघाट

सुन्दरहरैंचा । मोरङ क्षेत्र नं ३ का प्रतिनिधि सभा सांसद सुनिल कुमार शर्मा पौष २१ गते देखि एकाएक कोशी प्रदेशको राजनीतिक भेटघाटमा सक्रिय बनेका छन् । शर्माको पछिल्लो समयको राजनितिक दौडको विषयलाई धेरैले विभिन्न खालका टिकाटिप्पणीहरु गरिरहेका छन । कोशी प्रदेशको विभिन्न पहाडी जिल्लामा शर्माले अफ्नो राजनितिक भेटघाटलाई बाक्लो बनाउदै गएका हुन । शर्माले कोशी […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

कोशीको सभामुखमा विष्ट निर्विरोध निर्वाचित

विराटनगर । कोशी प्रदेशको सभामुखमा अम्बरबहादुर बिष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले बिष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । सभामुखका लागि बिष्टको मात्र उम्मेदवारी परेको थियो । सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेपछि एमालेले पनि बिष्टलाई समर्थन गरेको हो। राप्रपाले समानुपातिक सांसद बिष्टलाई सभामुख बनाएको हो […]