सुन्दरहरैंचा । मोरङको बेलबारी नगरपालिका वडा नं २ स्थित लालभित्तिमा रहेको खड्का आयल सेन्टरमा पेट्रोलियम पदार्थ बिक्रीमा अनियमितता भएको गुनासो आएको छ। ग्राहकहरूले तेल खरिद गरेपछि परिमाण अपेक्षाकृत कम पाइएको बताएका छन्। पथरी शनिश्चरेका टेकबहादुर राईले भुक्तानी गरेको रकम अनुसारको पेट्रोल नपाएको गुनासो गरे। उनले यस्तो अनियमितताले उपभोक्ता ठगिएको बताए। ग्राहकहरूको उजुरीपछि प्रहरीलाई खबर गरिएको […]
समाचार
सुन्दरहरैंचाका दुईजना ब्राउन सुगर सहित पक्राउ
सुन्दरहरैंचा । मोरङको विराटनगर-१७ बाट प्रहरीले ब्राउन सुगर सहित दुईजनालाई पक्राउ गरेको छ ।प्रहरीले सुन्दरहरैंचा नगरपालिकाको दुईजनालाई पक्राउ गरेको हो । प्रहरीले बा. ९८ प ४६ नम्बरको मोटरसाईकल चालक सुन्दरहरैचा नगरपालिका ३ का ३२ बर्षीय मनोज कटुवाल र मोटरसाईकलमा पछाडी सवार ३२ बर्षीय अम्बिर यक्सो लिम्बुलाई पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट ३ ग्राम […]
विराटचौकबाट लागुऔषध सहित पक्राउ
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित विराटचौकबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राती ९:३० बजे वडा नं ९ स्थित नेपालिरिका होटल जाने सडक खण्डबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडा नं ९ बस्ने वर्ष २७ को जगत श्रेष्ठ र सोही वडा बस्ने वर्ष […]
मोटरसाइकल दुर्घटनामा सुन्दरहरैंचाका सुमनको मृत्यु
धनकुटा । कोशी राजमार्गको धनकुटा–हिले खण्डमा आइतबार अपरान्ह ५ः२० बजे मोटरसाइकल र पिकअप गाडी ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि बसेका सुन्दरहरैँचा नगरपालिका वडा नं ८ का ३२ वर्षीय सुमन सुवेदी रहेको प्रहरीले जनाएको छ । प्रदेश १–०२ ०५३ प ३१६८ नम्बरको उक्त मोटरसाइकललाई सोही दिशाबाट हिलेतर्फ जाँदै […]
विपन्नलाई घर बनाउँदै लायन्स विराटचौक सिटि
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित आइतवारे चौकमा लायन्स क्लब अफ विराटचौक सिटिको नेतृत्वमा नयाँ घर निर्माण बनाइने भएको छ । करिब ५ लाखको लागतमा आइतबारे चौकमा रहेको एक विपन्न परिवारको लागि दुई कोठे घर निर्माण गरिदिने लायन्स विराटचौक सिटिका अध्यक्ष सुमन गजमेरले बताए । उक्त निर्माण हुने घरको आज लायन्स डिस्ट्रीक […]





