कोशी प्रदेश मुख्य समाचार

सुमो र मोटरसाइकल ठोक्किदा सुन्दरहरैंचाका विवसको मृत्यु

सुन्दरहरैंचा । रौतहटको चन्द्रपुरमा  सोमबार अपरान्ह भएको दुर्घटनामा धरान र मोरङको सुन्दरहरैँचाका दुईजनाको मृत्यु भएको छ । बागमती प्रदेश ०३–००१ च ५३१ नम्बरको टाटा सुमो र प्रदेश १–०२–०४३ प ८०८५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । प्रहरीका अनुसार मोटरसाइकलमा सवार सुन्दरहरैँचाका विवश सापकोटा र धरानका तुलसी ओझाको मृत्यु भएको हो ।

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचा पत्रकार समुहको “नाम्जे घोषणापत्र” सार्वजनिक

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा क्रियाशील सञ्चारकर्मीहरूको संगठन सुन्दरहरैँचा पत्रकार समूहको चौथो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। समूहका अध्यक्ष बाबुराम निरौलाको अध्यक्षतामा धनकुटाको नाम्जेमा आयोजित साधारणसभाले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। साधारणसभामा स्थानीय सञ्चार प्रवर्द्धन सम्बन्धी छलफल कार्यक्रम गरिएको थियो। साथै, नाम्जे घोषणापत्र जारी गर्दै कार्यक्रम समापन गरिएको थियो। पत्रकार समूहले जारी गरेको नाम्जे घोषणापत्रमा […]

कोशी प्रदेश मुख्य समाचार

बेलबारीबाट लागुऔषध सहित एकजना पक्राउ

बेलबारी । मोरङको बेलबारी नगरपालिका १० भाउन्नेबाट प्रहरीले एकजनालाई लागुऔषध सहित पक्राउ गरेको छ । सोही वडा बस्ने वर्ष २० को अर्पण गौतमलाई बुधबार प्रहरी चौकी डागींहाटबाट खटिएको प्रहरी टोलीले ट्रमाडोल ३९ पत्ता र नाईट्राभ्याट १८ ट्याबलेट सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले गौतमलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० का  ५८ वर्षीय लक्ष्मण नेपालले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्  । घरायसी विवाद हुँदा उनले श्रीमती ४१ वर्षीया पवित्रा फुयालको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले लक्ष्मणलाई पक्राउ गरिसकेको छ । घरायसी विवाद हुँदा लक्ष्मणले श्रीमती पवित्राको  शरिरको विभिन्न भागमा खुकुरी प्रहार गरेका थिए […]

कोशी प्रदेश मुख्य समाचार

विदेशबाट अपाङ्ग भएर फर्किए, श्रीमतीले छाडेर गएपछी भुजेलको विचल्ली

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका-१ निवासी बेद बहादुर भुजेलको जीवन वैदेशिक रोजगारीको चपेटामा परेर नराम्ररी प्रभावित भएको छ। भुजेलले विदेशमा भोग्नुपरेका कष्ट र स्वदेश फर्केपछिको चुनौतीपूर्ण जीवनको कहालिलाग्दो छ । पैसा कमाउने सपना बोकेर साउदी अरब पुगेका भुजेलले त्यहाँको मरुभूमिमा गिट्टी मिक्स गर्ने मेसिनमा काम गर्थे। एक दिन मेसिन बन्द गर्ने क्रममा दुर्घटनामा परी गम्भीर […]