कोशी प्रदेश मुख्य समाचार

पत्रकार बाबुराम निरौला सम्मानित

सुन्दरहरैँचा । नेपाल पत्रकार महासंघ मोरङ्गका सदस्य बाबुराम निरौला सम्मानित भएका छन् । मङ्गलबार मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ८ सलकपुरमा रहेको क्वेस्ट माध्यमिक विद्यालयको १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा पत्रकार निरौला नगद तथा सम्मान–पत्रले सम्मानित भएका हुन् ।  वार्षिकोत्सव कार्यक्रममा जेष्ठ नागरिक आमा पवित्रा देवी ढकाललाई समेत सम्मान गरिएको छ । कार्यक्रममा […]

कोशी प्रदेश मुख्य समाचार

सगरमाथा युवा क्लबको अध्यक्षमा जनार्दन बस्तोला

सुन्दरहरैंचा । सगरमाथा युवा क्लबको साधारण सभा आज सम्पन्न भएको छ। सभाले जनार्दन बस्तोला (भरत) को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। साधारण सभामा क्लबका संस्थापक अध्यक्ष तथा सुन्दरहरैंचा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा  सभाको अध्यक्षता कार्यवाहक अध्यक्ष ऋषि काफ्लेले गरेका थिए । कार्यक्रममा नव–निर्वाचित अध्यक्ष जनार्दन बस्तोलाले सगरमाथा […]

कोशी प्रदेश मुख्य समाचार

इन्द्रपुर जेसिजको अध्यक्षमा समीर बस्नेत विजयी

सुन्दरहरैंचा । इन्द्रपुर जेसिजको अध्यक्षमा समीर बस्नेत निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा बस्नेत निर्वाचित भएका हुन । जेसिजको अन्य पदमा सर्वसम्मत चयन भएका थिए भने अध्यक्षमा समीर बस्नेत र पार्वती गच्छदारले उम्मेद्बारी दिएका थिए । बस्नेतले ३६ मत प्रप्त गरेका थिए भने गच्छदारले ९ मत प्राप्त गरेका थिए । ६५ जना मतदाता मध्ये […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट घिमिरेकाे मृत्यु

सुन्दरहरैंचा । माेरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। संगम टोल निवासी ६० वर्षीय भवकृष्ण घिमिरेलाई हात्तीले आक्रमण गरेको हो। स्थानीयका अनुसार दूध बेच्न जाँदै गर्दा बिहान करिब ५ बजे हात्तीले घिमिरेमाथि आक्रमण गरेको थियो। शुक्रबार दिउँसो देखि हात्तीको बथान जंगल क्षेत्र भन्दा करिब ९ किलोमिटर दक्षिण मानव वस्तिमा प्रवेश गरेको […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचा नगरपालिकामा गणेशराज कार्की

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा गणेशराज कार्की आएका छन । यस अघि त्यहा कार्यरत विनोदकुमार न्यौपाने अनिवार्य अवकासमा गएपछी कार्की दमक नगरपालिकाबाट सरुवा भएर सुन्दरहरैंचा आएका हुन । कार्कीले यस अघि पनि सुन्दरहरैंचा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरेका थिए ।