कोशी प्रदेश मुख्य समाचार

पूर्वाञ्चल विश्वविद्यालयमा कर्मचारीको सभापतिमा कट्टेलको उम्मेद्बारी

सुन्दरहरैंचा । पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघ केन्द्रिय समितिको नेतृत्व चयनका लागि जेठ १७ गते निर्वाचन हुने भएको छ। निर्वाचनमा सभापति पदका लागि देवीप्रसाद कट्टेलले उम्मेदवार दिएका छन । निर्वाचनमा कुल २७७ जना कर्मचारीले मतदान गर्ने अधिकार पाएका छन्। उम्मेदवार कट्टेलले आफूलाई अनुभवी, पारदर्शी र कर्मचारी हितका लागि प्रतिबद्ध उम्मेदवारको रूपमा प्रस्तुत गर्दै व्यापक समर्थन जुटाउने […]

कोशी प्रदेश मुख्य समाचार

मुरारी आचार्यले दायर गरेको मुद्दामा पत्रकार बस्नेत र काफले निर्दोष

पथरी । पथरी नगर अस्पतालका प्रमुख मुरारी आचार्यले दायर गरेको गाली बेईज्ज्ती मुद्धामा पत्रकार नरेन्द्र बस्नेत र गोपाल काफले निर्दोष सावित भएका छन् । जिल्ला अदालत मोरङ्गले बेतना दैनिकका सम्पादक नरेन्द्र बस्नेत र साइनो खवरका संचालक  गोपाल काफले बिरुद्ध दायर भएको गाली बेईज्जतीको मुद्धामा बादीको दाबी झुठो भएको फैसला सुनाएको छ । विराटनगर महानगरपालिका वडा […]

कोशी प्रदेश मुख्य समाचार

बजेटको पोको होइन, कार्यान्वयनमुखी नीति ल्याएका छौं: मुख्यमन्त्री कार्की

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले ल्याइएको नीति तथा कार्यक्रमले “बजेटको पोको” होइन, विकासको स्पष्ट दिशा दिने कार्यान्वयनमुखी सन्देश दिएको बताएका छन्। आज प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले ताजा नीति तथा कार्यक्रम छोटो, छरितो र समावेशी भएको बताउँदै यसले सहअस्तित्व, सहकार्य र एकता जस्ता विषयहरूमा जोड दिएको बताएका छन्। उनले यो कार्यक्रमले […]

कोशी प्रदेश मुख्य समाचार

‘वास्तु भूषण अवार्ड’द्वारा निरौला सम्मानित

सुन्दरहरैंचा । नेपाल ज्योतिष परिषद् कोशी प्रदेशका अध्यक्ष बाबुराम निरौला हालै सम्पन्न अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा तन्त्र सम्मेलनमा ‘वास्तु भूषण अवार्ड’बाट सम्मानित भएका छन्। विश्व ज्योतिष महासंघको आयोजनामा सम्पन्न उक्त सम्मेलनमा वास्तु विज्ञानको क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै निरौलालाई सम्मान प्रदान गरिएको हो। निरौला विगत दुई दशकभन्दा बढी समयदेखि ज्योतिष, वास्तु र तन्त्रविद्यामा […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा ‘उत्कृष्ट ढुकुर जोडी’को खोजी

सुन्दरहरैंचा । पती-पत्नीबीचको झगडा, लैंगिक हिंसा र पारिवारिक विवाद न्यूनिकरणका लागि सुन्दरहरैंचा नगरपालिकाले एक अनौठो कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले ‘उत्कृष्ट ढुकुर जोडी’ छनोट गरी सम्मान गर्ने घोषणा गरेको हो। नगरपालिकाले सूचना जारी गर्दै समाजमा अनुकरणीय रूपमा सुखद दाम्पत्य जीवन बिताइरहेका जोडीहरूको पहिचान गरी सम्मान गर्ने लक्ष्यसहित यो कार्यक्रम ल्याइएको जनाएको छ। पछिल्लो समय न्यायिक […]