सुन्दरहरैंचा । सगरमाथा युवा क्लबको साधारण सभा आज सम्पन्न भएको छ। सभाले जनार्दन बस्तोला (भरत) को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। साधारण सभामा क्लबका संस्थापक अध्यक्ष तथा सुन्दरहरैंचा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा सभाको अध्यक्षता कार्यवाहक अध्यक्ष ऋषि काफ्लेले गरेका थिए । कार्यक्रममा नव–निर्वाचित अध्यक्ष जनार्दन बस्तोलाले सगरमाथा […]
समाचार
इन्द्रपुर जेसिजको अध्यक्षमा समीर बस्नेत विजयी
सुन्दरहरैंचा । इन्द्रपुर जेसिजको अध्यक्षमा समीर बस्नेत निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा बस्नेत निर्वाचित भएका हुन । जेसिजको अन्य पदमा सर्वसम्मत चयन भएका थिए भने अध्यक्षमा समीर बस्नेत र पार्वती गच्छदारले उम्मेद्बारी दिएका थिए । बस्नेतले ३६ मत प्रप्त गरेका थिए भने गच्छदारले ९ मत प्राप्त गरेका थिए । ६५ जना मतदाता मध्ये […]
सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट घिमिरेकाे मृत्यु
सुन्दरहरैंचा । माेरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। संगम टोल निवासी ६० वर्षीय भवकृष्ण घिमिरेलाई हात्तीले आक्रमण गरेको हो। स्थानीयका अनुसार दूध बेच्न जाँदै गर्दा बिहान करिब ५ बजे हात्तीले घिमिरेमाथि आक्रमण गरेको थियो। शुक्रबार दिउँसो देखि हात्तीको बथान जंगल क्षेत्र भन्दा करिब ९ किलोमिटर दक्षिण मानव वस्तिमा प्रवेश गरेको […]
सुन्दरहरैंचा नगरपालिकामा गणेशराज कार्की
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा गणेशराज कार्की आएका छन । यस अघि त्यहा कार्यरत विनोदकुमार न्यौपाने अनिवार्य अवकासमा गएपछी कार्की दमक नगरपालिकाबाट सरुवा भएर सुन्दरहरैंचा आएका हुन । कार्कीले यस अघि पनि सुन्दरहरैंचा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरेका थिए ।
प्रहरी निरीक्षक ऋषिराज ढकाल सम्मानित
विराटनगर । कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरका प्रहरी निरीक्षक ऋषिराज ढकाललाई “उत्कृष्ट आन्तरिक प्रशिक्षक” पुरस्कार प्रदान गरिएको छ। नेपाल प्रहरीको पेशागत मर्यादा कायम राख्दै आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गर्दै आएका ढकालले आन्तरिक प्रशिक्षणको क्षेत्रमा देखाएको उत्कृष्ट योगदानको कदर स्वरूप यो सम्मान प्राप्त गरेका हुन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ७० औ प्रहरी दिवस–२०८२ […]





