सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैंचा नगरपालिकाकाे हिउँदे नगरसभा माघकाे ५ गते हुने भएको छ । कार्यपालिका बैठकले नगरसभा माघ ५ गते शुक्रबार गर्ने निर्णय गरेको हो । आज शुक्रबार नगरको सभाहलमा बसेको १ सय ८ औ कार्यपालिका बैठकले माघ ५ गते नगर सभा गर्ने निर्णय गरेको हो ।
समाचार
विराटचौकमा लण्ड्री सेवा, यस्तो छ सेवा सुविधा
सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका स्थित विराटचौकमा आधुनिक प्रविधियुक्त लण्ड्री एण्ड ड्राई क्लिनर्स सेवा सञ्चालनमा आएको छ । होटल स्वादले उक्त लण्ड्री सेवा सञ्चालनमा ल्याएको हो । होटल क्षेत्रको सफलता सगै तीन जनाको लगानीमा सञ्चालनमा आएको स्वाद होटले लण्ड्री सेवा समेत सञ्चालन गरेको हो । ग्राहकको सजिलोको लागि लण्ड्रीले होम डेलीभरीको समेत व्यवस्था गरेको छ । […]
करको दर फेर्न समितिले बुझायो प्रतिवेदन, भोली कार्यपालिका बैठक बस्दै
सुन्दरहरैंचा । सुन्दरहरैँचा नगरपालिकाकाे आर्थिक ऎन २०८० मा उल्लेखित कर, दस्तुर, सेवा शुल्क सम्बन्धि समस्या समाधानकालागि गठित समितिले आफ्नाे कार्य सम्पन्न गरी नगरप्रमुख केदारप्रसाद गुरागाईँ समक्ष प्रतिवेदन पेश गरेकाे छ । बिहीबार वडा नम्बर १२ का वडा अध्यक्ष राेशनप्रसाद ढकालकाे सम्याेजकत्वमा गठित विज्ञ सहितकाे समितिले नगरप्रमुखलाई प्रतिवेदन हस्तान्तरण गरेकाे हाे । प्रतिवेदन बुझ्दै नगरप्रमुख गुरागाईँले […]
बेलबारीमा एकैरात तीन वटा सुन पसलमा चोरी
बेलबारी । मोरङको बेलबारीमा एकैरातमा तीन वटा सुन पसलमा चोरी भएको छ । मंगलबार राति बेलबारी नगरपालिका– १ मा रहेका तीन वटा सुनपसलमा चोरी भएको हो । बेलबारी–१ मा रहेको न्यू बराइली ज्वेलर्स एण्ड कारखाना, नवरत्न ज्वेलर्स र न्यू वराह ज्वेलरीमा एकैरात चोरी भएको हो । सबै पसलमा गरी १४ किलो चाँदी र डेढतोला सुन […]
श्रमको सम्मान गर्न सके मात्र देशको विकास हुने: मुख्यमन्त्री कार्की
विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले श्रमको सम्मान गर्न सके मात्र देशको विकास हुने उल्लेख गरेका छन् । बुधवार श्रम बजार सूचना प्रणाली श्रम संसारको सुरुवात गर्दै मुख्यमन्त्री कार्कीले श्रममा ठूलो सानो नहुने बताएका हुन् ।‘हाकिमदेखि स्वीपरसम्म सबैले आफ्नो काम गरिरहेको अवस्था छ । सबै आफ्नो ठाउँमा दक्ष हुन्छ । आफ्नो काम जानेको हुन्छ, श्रममा […]





