इटहरी । सप्तकोशी नदीको ५६ वटै ढोका खोलिएको छ । केही बेर अघिको मापनमा कोशीमा पानीको बहाब ३ लाख ६८ हजार क्युसेक रहेको छ । सप्तकोशी जलपान केन्द्रमा खतराको संकेत पार गरिसकेको छ । प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्कता रहन आग्रह गरेको छ ।
समाचार
सप्तकोशीमा पानीको बहाब २ लाख ८० हजार पुग्यो
इटहरी । निरन्तरको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाब बढेको छ । साँझ को मापनको अनुसार सप्तकोशी नदीमा पानीको बहाब दुई लाख ८० हजार पुगेको छ । कोशी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन् । पहाडी क्षेत्रमा निरन्तर वर्षा भए सँगै सप्तकोशीमा पानीको बहाब बढिरहेको छ ।
सुन्दरहरैंचाबाट लागुऔषध सहित एकजना पक्राउ
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ४ बाट लागुऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जना फरार प्रतिवादी पक्राउ गरेको हो । लागुऔषध मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०८०/१०/२६ गते पक्राउ अनुमति जारी भई फरार रहेका […]
योजना छनौट गर्दै सांसद सुनिल शर्मा
सुन्दरहरैंचा । नेपाली काङ्ग्रेसबाट निर्वाचित मोरङ क्षेत्र नं ३ का सांसद सुनिल शर्माले आफ्नो क्षेत्रभरी योजना छनौटको कार्यलाई अगाडी बढाएका छन् । योजना छनौट गरी संघिय सरकारलाई सिफारिस गर्न योजना छनौट गरिएको हो । शनिबार सांसद शर्माको स्वकिय सचिव विवेक लिम्बुको उपस्थितिमा सुन्दरहरैंचा नगरपालिका वडा नं ११ मा योजना छनौट गरिएको छ । नेपाली काङ्ग्रेस […]
सुन्दरहरैंचाको खोर्सानेमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० स्थित खोर्सानेमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । शुक्रबार दिउँसो खोर्सानेचोक स्थित पूर्व पश्चिम राजमार्गमा बेलबारीबाट विराटचोक तर्फ आउँदै गरेको को. १७ प २५४५ न.(१५० सिसि)को मोटरसाइकलले दक्षिण बाट उत्तर तर्फ बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिँदा दुईजना घाइते भएका हुन । घाइते हुनेमा […]





