विराटनगर । लागूऔषध नियन्त्रण ब्युरो, विराटनगरले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति मोरङको सुन्दरहरैचा नगरपालिका–३ निवासी २० वर्षीय दिवश तामाङ हुन्। ब्युरोको टोलीले उनीलाई विराटनगर महानगरपालिका–१६ बाट नियन्त्रणमा लिएको हो। तामाङको साथबाट १ ग्राम ७१ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीका अनुसार तामाङलाई विशेष सूचनाको आधारमा […]
समाचार
छोरीले भनिन् — “बाबा, उहाँ नै हो असली नेता” : डा. सुनिल शर्माको नम्रता र सेवाभाव देखेर बाल मन जितिएको कथा
काठमाडौं — राजनीति केवल भाषण, नाराजुलुस र पदको होडमात्र होइन, सादा व्यवहार र मानवताको अभ्यास पनि हो भन्ने उदाहरण बनेका छन् नेपाली कांग्रेसका युवा सांसद डा. सुनिल शर्मा। भर्खरै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोले यो कुरा अझ स्पष्ट पारेको छ। भिडियोमा डा. शर्मा गाडीबाट झर्दै थिए। त्यहीबेला अग्रज नेता चन्द्र भण्डारीले उहाँका लागि ढोका […]
“निजी क्षेत्रबाटै आफ्नो ठाउँ आफै बनाऔं”: उधोगपती भोलेश्वर दुलाल
सुन्दरहरैंचा । उद्योगपति भोलेश्वर दुलालले मुलुकको समृद्धि र विकासमा निजी क्षेत्रको निर्णायक भूमिका रहने उल्लेख गर्दै आत्मनिर्भरता र सक्रिय सहभागिताको आह्वान गरेका छन्। शनिबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै दुलालले भने, “देश निर्माणको अपेक्षा अरूबाट गर्नु व्यर्थ छ। हामी निजी क्षेत्रका प्रतिनिधिहरूले नै आफ्नो ठाउँ आफै बनाउनु पर्ने समय […]
सुन्दरहरैंचामा किरात याक्थुङ चुम्लुङको २६ औं राष्ट्रिय सम्मेलन हुँदै
सुन्दरहरैंचा । किरात याक्थुङ चुम्लुङको २६ औं राष्ट्रिय चुम्लुङ ‘मुन्धुम शिक्षा विशेष राष्ट्रिय चुम्लुङ’ वैशाख २६ गतेदेखि मोरङको सुन्दरहरैंचा स्थित चुम्लुङ हिमको खुला प्राङ्गणमा आयोजना हुने भएको छ। दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको चुम्लुङका महासचिव निरन्ती तुम्बापोले जानकारी दिइन्। “यो चुम्लुङ लिम्बू समुदायको सांस्कृतिक पुनर्जागरण, भाषिक अधिकार र मुन्धुम शिक्षाको […]
हरैंचा बजार छिट्टै व्यवस्थित बन्छ : नगरप्रमुख गुरागाई
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–१ मा रहेको हरैंचा हटिया बजार केही महिनाभित्र व्यवस्थित हुने नगरप्रमुख केदारप्रसाद गुरागाईले बताएका छन्। नगरपालिकाले बुधबार आयोजना गरेको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख गुरागाईले हटिया बजार सुधारका लागि विशेष परियोजना तयारी भइरहेको जानकारी दिए। “बजारका टहराहरूको उचित व्यवस्थापनमा हामी लागिरहेका छौं,” नगरप्रमुख गुरागाईले भने, “एउटा प्रोजेक्टको खाका तयार […]





